चार बर्षदेखि भाडा नतिरेकाले क्विन्स किचनलाई हटाउन खोजेको हो, तोडफोड गरेको छैन्ः गुरागाईं

Advertisement

काठमाडौं । अनामनगरस्थित क्विन्स किचन सञ्चालन गर्न भाडामा दिएका शैलेन्द्र गुरागाईंले आफूहरुले उक्त होटलमा कुनै तोडफोड नगरेको बताएका छन् । 

सोमबार क्विन्स किचनका सञ्चालक र कर्मचारीले घरबेटी गुरागाईंबाट अदालतको आदेशविपरित होटलमा तोडफोड गरेकोले उनलाई पक्राउ गरी क्षतिपूर्ति तिराउन पत्रकार सम्मेलनमार्फत आग्रह गरेका थिए । 

Advertisement

तर गुरागाईंले त्यसमा कुनै सत्यता नरहेको र चार बर्षदेखि भाडा नतिरेको, सम्वन्धित वडा कार्यालयले एक बर्षअघि नै मुचुक्ला गरेर उनीहरुलाई खेदिसकेपछि पनि अटेर गर्दै आएको बताए । गुरागाईंले उक्त होटल रहेको जग्गा आफ्नो नभएको र अनलाइन खबर डटकमको जग्गा भाडामा लिएर आफूले रेष्टुरेन्ट सञ्चालन गर्न दिएको बताउँदै तोडफोडमा आफू र आफ्नो छोरासमेत संलग्न रहेको भन्ने आरोपमा सत्यता नरहेको बताए । 

उनले भने, ‘मेरो छोरो नै यहाँ छैन् । कसरी उसले तोडफोड गर्छ ? अर्को कुरा यो मेरो जग्गा होइन् । मैले भाडामा लिएर रेष्टुरेन्टलाई भाडामा लगाएको हो । खास अनलाइन खबरले रेष्टुरेन्ट खाली गराएको हो । मैले होइन् । अनलाइन खबरलाई भन्न सकेन् । अनि मलाई आरोप लगाएर हुन्छ ?’ गुरागाईंले क्विन्स किचनसँगको करार सम्झौता पनि एक बर्ष अघि सक्किसकेकाले उसले आफूविरुद्ध अनर्गल आरोप लगाउनु गलत भएको बताए । 

यो पनि पढ्नुहोस्ः

घरबेटी शैलेन्द्र गुरागाईंले होटल तोडफोड गरेको भन्दै पीडितद्धारा पक्राउ र क्षतिपूर्तिको माग

Advertisement

Advertisement