काठमाडौं । आरएमडीसी लघुवित्तले शेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अनिलकृष्ण जोशीले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।