सामलिङ पावरको शेयर कारोबार रोक्का राख्दै नेप्सेले सोध्यो स्पष्टिकरण

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । 

कम्पनी सञ्चालक समितिको बुधबार बिहान ९ः३० बजेको बैठकबाट लाभांश पारित भए पनि त्यसको जानकारी दिउँसो ३ः४२ मा नट्स लगिन मार्फत गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको ठहरसहित कारोबार रोक्का गरिएको सूचीकरण शाखा अधिकृत नवराज थापाले जनाएका छन् । 

Advertisement

कम्पनीले के कति कारणबाट नेप्सेमा समयमानै जानकारी नदिएको हो ? ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न नेप्सेले आज पत्राचार गरेको छ ।  
 

Advertisement