शेयर बजारमा झिनो सुधार, बढ्न सकेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । आज बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.०६ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार बढ्दा नेप्से १९६०.८१ अंकमा पुगेको छ ।

Advertisement

आज विकास बैंक, लघुवित्त र म्युचुल फण्ड क्रमशः ०.३१, २.४३ र ०.३० प्रतिशतले बढ्दा अरु समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी वित्त समूह १.०२ प्रतिशतले घटेको छ । 

३१४ कम्पनीका ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख २ हजार ६ सय २१.७७ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.२३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ३२ लाख २३ हजार २ सय २३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २४.४८ अंक र हिजो सोमबार १५.६२ अंकले बजार घटेको थियो । 
 

Advertisement

Advertisement