छ वाणिज्य बैंकको प्रतिशेयर मूल्य २ सय भन्दा कम, एकवर्षमा कुन बैंकको कति घट्यो ? (सूचीसहित)

Advertisement

काठमाडौं । नयाँ सरकार बनेपछिको यो साता शेयर बजार केही उकालो लागे पनि विगत एक वर्षमा बजार निरन्तर घट्दै आयो । विगतमा ३२ सयसम्म पुगेको बजार यो साता बढेर चार महिनापछि २ हजार अंक नाघेको छ । 

यसरी बजार घटिरहँदा अरु क्षेत्र जस्तै वाणिज्य बैंकहरुको शेयर मूल्य पनि निकै घटेको थियो । यही पुस १४ गते विहीबारको मूल्य अनुसार वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी नबिल बैंकको शेयर मूल्य रु. ८४३ छ भने विगत एक वर्षमा यो बैंकको शेयर मूल्य रु. १२१३ सम्म पुगेको थियो ।

Advertisement

त्यस्तै एनआईसी एशिया बैंकको शेयर मूल्य प्रतिशेयर रु. ७२२ छ भने विगत एक वर्षमा उक्त बैंकको शेयर मूल्य रु. ९३५ सम्म पुगेको थियो । हाल कुमारी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, सेञ्चुरी बैंक र सनराइज बैंकको प्रतिशेयर मूल्य २ सय रुपियाँ भन्दा कम छ । 

नयाँ सरकार बनेपछि उत्साहित लगानीकर्ता
निरन्तर घटिरहेको शेयर बजार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँग बढ्न थालेको छ । शेयर लगानीकर्ताहरुले रुचाएका एमालेका उपाध्यक्ष विष्णु पौडले अर्थमन्त्रीमा पुनः चयन भएसँगै यो साता बजार १६१.८२ अंकले बढेको छ । 

अब शेयर बजारमा सुधार आउने भन्दै लगानीकर्ताहरु उत्साहित भएका छन् । यो साताको तीन दिन बजारमा उछाल आयो, प्रत्येक दिन ५० अंक भन्दा बढी नेप्से उचालिएको थियो । विगतमा ३२ सय अंकमा पुगेको बजार क्रमशः घट्दै आएको थियो भने यो साता उचालिएर चार महिनापछि २ हजार अंक पार गरेको छ । पुस १४ गते बिहीबार बजार बन्द हुँदा नेप्से २०२९.०३ अंकमा पुगेको छ । 

अर्थमन्त्रीमा पौडेलको इन्ट्रीपछि समग्रमा १६१.८२ अंकले बढ्यो नेप्से, लगानीकर्ताहरु उत्साहित

बजार निरन्तर घट्दो क्रममा रहेका बेला बजार बढ्दा लगानीकर्ताहरु आगामी दिन शेयर बजारमा थप सुधार आउनेमा आशावादी छन् । अर्थमन्त्री पौडेलले समेत शेयर बजारको सुधारका लागि सक्दो प्रयास गर्ने प्रतिक्रिया दिएपछि उत्साह थपिएको हो । 

‘बजार घट्दा शेयर किन्ने र बजार बढ्दा शेयर बेच्ने हो । त्यसकारण शेयरमा लगानी गर्ने भनेको घटेको बेला हो– शेयर लगानीकर्ता छोटेलाल रौनियारको प्रतिक्रिया छ । 

कुमारी र एनसीसी बैंक पुस १७ गतेदेखि एक हुँदैः सीईओमा अर्याल, चुक्ता पूँजी २६ अर्ब बढी

प्रभु र सेञ्चुरी बैंकको साधारण सभाबाट मर्जर र लाभांश पारित, एकीकृत कारोबारको बाटो खुल्यो

दश वाणिज्य बैंकले पारित गरे लाभांशः २६ मध्ये एकको घोषणै हुन बाँकी, कसको कति ?

मर्जर प्रक्रियामा रहेका १० वाणिज्य बैंकः को-को हुँदैछन् सीईओ ? कहिले हुन्छ एकीकृत कारोबार ?

Advertisement

Advertisement