मर्जर प्रक्रियामा रहेका १० वाणिज्य बैंकः को-को हुँदैछन् सीईओ ? कहिले हुन्छ एकीकृत कारोबार ?

Advertisement

काठमाडौं । हाल अस्थित्वमा रहेका २६ वाणिज्य बैंक मध्ये १० वटा मर्जर प्रक्रियामा रहेका छन् । केही समय भित्र यी १० वटा बैंक पाँच वटा भएर एकीकृत कारोबार शुरु गर्ने अन्तिम तयारीमा जुटेका हुन् ।  

हाल ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके), प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक, हिमालयन बैंक र सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक तथा कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) मर्जर प्रक्रियामा रहेका छन् । 

Advertisement

मर्जर सम्बन्धी अन्तिम सहमति पत्रमा हस्ताक्षर, वार्षिक साधारण सभाबाट उक्त विशेष प्रस्ताव पारित र राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरे पश्चात एकीकृत कारोबार शुरु हुनेछ । यी दशवटै वाणिज्य बैंक यही महिना अर्थात पुस मसान्त भित्रै एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन् । 

एकीकृत कारोबार कहिले ? के छ तयारी ? 
मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले पुस ७ गते एकै दिन आयोजित साधारण सभाबाट मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेका छन् । यी दुई बैंक १००ः९० अर्थात इन्भेष्टमेण्ट बैंकको १०० कित्ता बराबर मेगाको ९० कित्ता शेयर कायम हुने गरी मर्ज हुन लागेका हुन् । 

साधारण सभाबाट उक्त प्रस्ताव पारित भएसँगै यी दुई बैंकबीच एकीकृत कारोबारको बाटो खुलेको छ । दुबै बैंक एक आपसमा गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार हुनेछ । बैंकको सीईओमा इन्भेष्टमेण्टका ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे नै हुने सहमति यसअघि भइसकेको छ । मर्जपछि बैंकको कूल चुक्ता पूँजी ३२ अर्ब ८१ करोड हुनेछ । 

यसैबीच इन्भेष्टमेन्ट बैंकको ३६औं साधारण सभाबाट ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर पारित भएसँगै चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपियाँ पुग्नेछ । बैंकको देशभर ८८ शाखा, १६१ एटीएम, २३ बिस्तारित काउन्टर, १० राजश्व संकलन काउन्टर र ५९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ । 

त्यसैगरी मेगा बैंकको १२औँ वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश पारित गरेको छ । हाल १६ अर्ब २२ करोड चुक्ता पूँजी रहेको बैंकको चुक्ता पूँजी बोनस शेयर पारित भएपछि बढ्ने छ । हाल बैंकको २०८ शाखा र २७ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । 

इन्भेष्टमेन्ट र मेगाबीच मर्जर सम्झौता, नविल, ग्लोबल आईएमई र एनआईसी एशियालाई टक्कर

मेगा बैंकको साधारण सभाबाट लाभांश पारित, नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

त्यसैगरी मर्जर प्रक्रियामा रहेका हिमालयन र सिभिल बैंकले आगामी पुुस २८ गते एकैदिन वार्षिक साधारण सभा बोलाएका छन् । यी दुई बैंकको साधारण सभाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । हिमालयनले १००ः८१ को शेयर स्वाप रेसियोमा सिभिललाई प्राप्ति गर्न लागेको हो ।

प्राप्तिपछि बैंकको नाम हिमालयन नै रहने छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने छन् । सिभिल बैंकका सीइओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बनाउने समझदारी बनेको छ । हिमालयनको चुक्ता पूँजी १२ अर्ब ९६ करोड  ८७ लाख २५ हजार  ७२५ रुपियाँ र सिभिलको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपियाँ छ । 

साथै सिभिलको बाह्रौं साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश पारित हुनेछ भने हिमालयनको तीसौं वार्षिक साधारण सभाबाट ११.११ प्रतिशन नगद लाभांश र ८ प्रतिशत बोनस शेयर पारित हुनेछ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर

त्यसैगरी मंसिर २५ गते एकै दिन सम्पन्न कुमारी र एनसीसी बैंकको साधारण सभाले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । दुबै बैंकको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारका लागि बाटो खुलेको छ । दुई बैंक १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।  मर्जर भएपश्चात बन्ने बैंकको कूल चुक्ता पूँजी २६ अर्ब भन्दा बढी हुनेछ । त्यस्तै शाखा संख्या ३५५, एटीएम २४४ र एक्सटेन्सन काउन्टर ५१ वटा हुनेछ । 

कुमारी र एनसीसी बैंकको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित, एकीकृत कारोबारको तयारी

एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता: स्वाप रेसियो १ः१, सीईओमा अर्याल

यी दुई बैंकले पुस १७ गते एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । एकीकृत बैंकको नाम कुमारी नै रहने र सीईओ एनसीसी बैंकका हालका सीईओ रमेश अर्याल र डेपुटी सीईओ कुमारी बैंकका हालका सीईओ रामचन्द्र खनाल हुने सहमति भइसकेको छ । कुमारी बैंकको कर्पोरेट अफिसको ठाउँमा एकीकृत बैंकको कार्यालय र बागबजार स्थित एनसीसी बैंकको कर्पोरेट अफिस रहेको ठाउँमा मुख्य शाखा रहने छ । 

यता ग्लोबल आइएमई र बीओकेको मंसिर २३ गते एकै दिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले मर्जर प्रयोजनका लागि डीडीएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको हो । साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएसँगै पुस महिनाभित्रै एकीकृत कारोबारको तयारी गरिएको छ । मर्जरपछि कूल चुक्ता पूँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । 

नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ । 

साथै ग्लोबलको १६औं वार्षिक साधारण सभाबाट ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत बोनस शेयर पारित भएको छ । बोनस शेयर पारित भएसँगै २३ अर्ब ७९ करोड रहेको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपियाँ पुगेको छ । त्यस्तै बीओकेको २८औं साधारण सभाबाट ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत बोनस शेयर पारित भएको छ । 

ग्लोबल आइएमई र बीओकेको साधारण सभाबाट मर्जर र लाभांश पारित, पुस महिनाभित्रै एकीकृत कारोबार

ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर सम्झौता, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड

ग्लोबल आइएमई र बीओकेबीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर, सबैभन्दा ठूलो बैंक बन्दै

यता, प्रभु र सेञ्चुरी कमर्सियल बैंक दुबैले पुस १४ गते एकैदिन वार्षिक साधारण सभा बोलाएका छन् । साधारण सभाबाट प्रभुले सेञ्चुरी बैंकलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रभुको २१औं वार्षिक साधारण सभाबाट ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश पारित हुनेछ । त्यस्तै सेञ्चुरीको १२औं साधारण सभाले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

लाभांश र प्राप्ति प्रस्ताव पारित गर्न प्रभु र सेञ्चुरी बैंकले एकैदिन बोलाए साधारण सभा

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति

प्रभु र सेञ्चुरीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर, एकीकृत कारोबार कहिले ?

प्रभु र सेञ्चुरी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो स्वीकृति

दुई बैंकबीच पुस मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने तयारी भइरहेको छ । प्राप्तिपछि प्रभु बैंककै सीइओ अशोक शेरचन र अध्यक्ष रहने छन् भने सेञ्चुरीबाट वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र सञ्चालक समितिमा ३ जना समावेश हुने छन् । हाल प्रभु बैंकको चुुक्ता पूँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड छ । दुई बैंक गाभिएपछि कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड पुग्नेछ ।  

Advertisement

Advertisement