बीस अर्ब बढीको वाणिज्य बैंक हाक्दै सीईओहरु: ठूला छ बैंकको चुक्ता पूँजी कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीति अनुसार पछिल्लो समय १२ वटा बैंक वाणिज्य बैंकले मर्जरको बाटो रोजेका छन् । 

केही वर्षअघि मात्रै तत्कालीन जनता बैंकलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गरेसँगै मेगा मर्जरको लहर शुरु भएको हो । त्यसपछि नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई मर्ज गर्यो भने हालैमात्र कुमारी बैंकले एनसीसी बैकलाई मर्ज गरी एकीकृत कारोबार शुरु गरेको छ । 

Advertisement

अब यही पुस २५ गते ग्लोबल र बीओके, पुस २६ गते प्रभु र सेञ्चुरी एक भई एकीकृत कारोबार शुरु गर्दै छन् भने यही महिना भित्रै नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले पनि एकीकृत कारोबार गर्ने तयारी गरिरहँदा  मर्जर प्रक्रियामा रहेको हिमालयन र सिभिल बैंकबीचको एकीकृत कारोबार माघ महिनाको दोस्रो सातापछि मात्रै हुने भएको छ । लक्ष्मी र सनराइज बैंकबीच पनि मर्जरको छलफल शुरु भएको छ । 

यी हुन छ ठूला बैंकका सीईओ
मर्जर पछि ठूलो बैंक भएको ग्लोबल आइएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य हुन् भने नबिल बैंकको सीईओ ज्ञानेन्द्र ढुंगाना छन् । त्यस्तै हिमालयन बैंकको सीईओ अशोक शम्सेर राणा हुँदा नेपाल इन्भेष्टमेण्टको कमाण्ड ज्योतिप्रकाश पाण्डेले सम्हालिरहेका छन् । यता,  अर्को ठूलो बैंक भएको प्रभु बैंकको सीईओ अशोक शेरचन हुने छन् भने कुमारी बैंकको सीईओ पदमा रमेश अर्याल छन् । 

कुन बैंकको चुक्ता पूँजी कति ? 
बीओकेसँग मर्जपछि ग्लोबल आइएमई बैंकको कूल चुक्ता पूँजी ३५ अर्ब ७७ करोड हुनेछ । त्यस्तै एनबी बैंकलाई गाभेपछि नबिल बैंकको कूूल चुक्ता पूँजी २८ अर्ब ५ करोड छ । प्रभु र सेञ्चुरी गाभिएपछि कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड हुनेछ । नेपाल इन्भेष्टमेण्ट र मेगा एकआपसमा गाभिएपछि कूल चुक्ता पूँजी ३२ अर्ब ८१ करोड हुनेछ भने हिमालयन र सिभिल मर्ज भई बन्ने बैंकको कूल चुक्ता पूँजी २२ अर्ब ३ करोड हुनेछ । त्यस्तै एनसीसी र कुमारी बैंक एक हुँदा कूल चुक्ता पूँजी २६ अर्ब २३ करोड पुगेको छ । 

वाणिज्य बैंकको संख्या २१ वटामा झर्दैै
पछिल्लो समय २८ वटा वाणिज्य बैंक रहेकोमा जनता ग्लोबलमा गाभिएपछि २७ वटामा समेटिएको थियो भने भने एनबी बैंक नबिलमा मिसिएपछि २६ वटामा झरेको थियो । अब १० वटा बैंक पाँच हुने भएपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्नेछ । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि न्यूनतम ८ अर्ब चुक्ता पूँजी तोकेको छ । 

छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार पुसभित्रै, हिमालयन र सिभिलको कहिले ?

ग्लोबल-बीओकेको एकीकृत कारोबार सोमबार, प्रभु-सेञ्चुरी पनि मंगलबार एक हुँदै

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 

Advertisement

Advertisement