छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार पुसभित्रै, हिमालयन र सिभिलको कहिले ?

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार यही महिना भित्र हुने भएको छ । 

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके), प्रभु र सेञ्चुरी तथा नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार पुस महिनाभित्रै हुने भएको हो । मर्जर प्रक्रियामै रहेका हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार भने पुस महिनाभित्र नहुने भएको छ । 

Advertisement

छ वाणिज्य बैंकले वार्षिक साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नुका साथै राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् भने हिमालयन र सिभिलको वार्षिक साधारण सभा पुस २८ गते मात्रै तय भएको छ । उक्त साधारण सभाबाट पारित भई राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि मात्रै एकीकृत कारोबारको बाटो खुल्ने हुँदा यही महिनाभित्र उक्त कार्य संभव नदेखिएको हो । 

यही पुस १४ गते राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै ग्लोबल आइएमई र बीओकेबीच पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । 

यता सोही दिन नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले पनि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी थालेका छन् । 

यसैबीच पुस १८ गते प्रभु र सेञ्चुरी बैंकले समेत मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकको स्वीकृति पछि दुई बैंकको एकीकृत कारोबार यही पुस २९ गते शुक्रबारबाट हुने तयारी छ । 

मर्जर प्रक्रिया रहेका हिमालयन र सिभिलको वार्षिक साधारण सभा पुस २८ गते हुुने र उक्त साधारण सभाले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । त्यसपछि राष्ट्र बैंकसँग अन्तिम स्वीकृतिका लागि आवेदन दिइने र राष्ट्र बैंकबाट स्वीकृति पाएपछि माघ महिनाको तेस्रो साताभित्र एकीकृत कारोबार गर्ने तयारी रहेको स्रोतले बताएको छ । 

ग्लोबल र बीओके एक भई ग्लोबल आइएमई बैंककै नाममा एकीकृत कारोबार हुनेछ । मंसिर २३ गते एकैदिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको हो । यी दुई बैंक १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि कूल चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुनेछ । 

ग्लोबल आइएमई-बीओके र इन्भेष्टमेण्ट-मेगा बैंकले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर सम्झौता, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड

सञ्चालक समितिको अध्यक्ष चन्द्र ढकालसहित ५ जना बीओकेको तर्फबाट २ जना रहने छन् । बैंकको सीईओ रत्नराज बज्राचार्य रहने छन् । मर्जर पछि कूल ३८५ शाखा, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ, ६१ बिस्तारित शाखा, ३ विदेश स्थित सम्पर्क कार्यालय हुनेछन् । 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट र मेगा १००ः९० कित्ता अर्थात मेगाको १०० कित्ता बराबर इन्भेष्टमेण्टको ९० कित्ता शेयर हुनेछ । बैंकको सीईओ ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे नै हुनेछन् । कूल चुक्ता पूँजी ३२ अर्ब ८१ करोड हुनेछ । 

इन्भेष्टमेन्ट र मेगाबीच मर्जर सम्झौता, नविल, ग्लोबल आईएमई र एनआईसी एशियालाई टक्कर

त्यसैगरी प्रभु र सेञ्चुरी १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सेञ्चुरीलाई प्राप्ति गरे पश्चात प्रभु बैंककै नामबाट एकीकृत कारोबार कारोबार हुने समझदारी भइसकेको छ । प्राप्ति पछि प्रभु बैंककै सीईओ अशोक शेरचन रहने छन् भने सेञ्चुरीबाट वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र सञ्चालकमा ३ जना समावेश हुने छन् । दुई बैंक गाभिएपछि कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड हुनेछ ।  

प्रभु र सेञ्चुरीले राष्ट्र बैंकबाट पाए प्राप्तिको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति 

हिमालयनले सिभिललाई १००ः८१ कित्ता स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्ति पश्चात हिमालयन बैंकको सीईओमा अशोक राणानै रहने छन् भने डेपुटी सीईओमा सिभिलका सीईओ सुनिल पोखरेल हुनेछन् । हिमालयनको चुक्ता पूँजी १२ अर्ब ९६ करोड र सिभिलको चुक्ता पूँजी ९ अर्ब ७ करोड छ ।  

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर

मर्जर प्रक्रियामै रहेका कुमारी र एनसीबी बैंकले भने यही पुस १७ गते आइतबारबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् ।

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 
    

Advertisement

Advertisement