‘सार्कका केन्द्रीय बैंकहरुको क्षमता वृद्धि र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन जरुरी छ’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क क्षेत्रका केन्द्रीय बैंकहरुको क्षमता अभिवृद्धि र प्रविधिक सहयोगलाई प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले इण्डियाको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एशियाज पाथ टू रिजिलियन्ट ग्रोथ’ विषयक सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सम्मेलनले सार्क क्षेत्रका केन्द्रीय बैंकहरुको क्षमता अभिवृद्धि र प्रविधिक सहयोगलाई प्रभावकारी बनाउन सहयोग गर्ने पनि अधिकारीले बताए । 

Advertisement

उनले कोभिड महामारीपछि नेपालमा विद्युतीय कारोबारमा उल्लेख्य प्रगति भएको बताउँदै यसबाट पारदर्शीता र सुशासनका साथै सम्पत्ति शुद्धीकरणमा समेत टेवा पुगेको बताए । अधिकारीले विश्व भूराजनीतिमा देखिएाको असन्तुलनलाई अवसरको रुपमा लिई विदेशी विनिमय सञ्चिति, राजश्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्फत दिगो आर्थिक वृद्धितर्फ लैजानुपर्ने बताए । 

कार्यक्रममा कोषका उपप्रवन्ध निर्देशक एन्टिोनिटे सायह, इण्डियाका लागि नेपाली राजदूत शंकर शर्मा, इण्डियन रिजर्भ बैंकका गभर्नर शशिकान्त दासले बोलेका थिए । दासले मूल्यवृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि सार्क क्षेत्रको नीतिगत प्राथमिकता हुनुपर्ने बताए । 
 

Advertisement

Advertisement