शिवम् सिमेन्ट्सको साधारण सभाबाट लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा गोयल निर्वाचित

Advertisement

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आव २०७८/०७९ को सातौं वािर्षक साधारण सभा गत शुक्रवारका दिन हेटौंडा स्थित होटल सामनामा सम्पन्न भएको छ । 

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आव २०७८/०७९ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

Advertisement

उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित भएका छन् । नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । 

साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहनु भएका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।   

उक्त सभाबाट आव २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आव २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखा परिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्य समेत गरेको थियो ।
 

Advertisement

Advertisement