मिठाईका परिकारहरुका लागि लोकप्रिय ब्राण्ड ‘आँगन’  नेपाल भित्रिएको तीन दशक

Advertisement

काठमाडौं । इण्डियाको बिकानिरवालासँगको सहकार्यमा पशुपति फुडले नेपालमा ‘आँगन’ ब्राण्डमा मिठाईका परिकारहरु बिक्री गर्न थालेको तीन दशक भएको छ । राजधानी काठमाडौंको नयाँसडकस्थित जुद्धशम्शेरको शालिक नजिकै पसल खोलेर सुरु गरिएको यो व्यवसाय अहिले थुप्रै ठाउँमा विस्तार भइसकेको छ । 

पशुपति फुडका व्यवस्थापक आलोक अग्रवालले अहिले आगनका पसलहरु राजधानी काठमाडौंमा नौ वटा बाहिर तीन वटा सञ्चालनमा आइसकेको छ । राजकुमार देउरा र पवन अग्रवाल दुई साथी मिलेर सुरु भएको आँगनको व्यवसायमा लगानी अंकुर अग्रवालले गरेका  थिए । 
 
नेपालमा मारवाडी समुदायको संख्या बढ्दै जाँदा र इण्डियन पर्यटकहरु नेपाल भ्रमणका लागि आउँदा खानाको परिकारमा मिठाइ रोजाइमा पर्ने कुरालाई दृष्टिगत गरी मिठाईका परिकारहरु पनि थप्ने र पसलको सञ्जाल पनि विस्तार गर्ने काम गरेको आलोक अग्रवालले बताए । 

Advertisement

उनले भने, ‘मारवाडी समुदायको रोजाईमा मिठाईका परिकारहरु पर्दछन् । इण्डियन पर्यटकहरुको रोजाईमा पनि मिलाईका परिकारहरु पर्छ । यही मागलाई ध्यानमा राखी उनीहरुको मागअनुसारका मिठाईहरु हामीले तयार गर्दैआएका छौं । हामीले मिठाईहरु इण्डियाको विकानिरवालासँगको सहकार्यमा गुणस्तरीय र स्वस्थकर ढंगले तयार गर्ने भएकाले उपभोक्ताको विश्वास रहँदै आएको छ । मिठाइका परिकार बनाउन योग्य र आवश्यक कामदार माग गरी  मिठाइ तयार गछौं ।   

सुरुवाती पाँच वर्षमा आगनलाई मिठाइ व्यवसाय गर्न निकै कठिन भए पनि अहिले भने सहज हुँदै गएको अग्रवालले बताए । हिजोआज व्यापार निकै कम हुने समयमा पनि हरेक पसलले दैनिक ५० हजार रुपियाँको व्यापार गर्ने गरेको आलोक अग्रवालले बताए ।

दुध, घीउ र चिनीको अभावले गर्दा समयमा मिठाइका परिकार बनाउन समस्या हुने गरेको भन्दै उनले मठाइका परिकार बनाउन इण्डियादेखि कामदार ल्याउने र नेपालीलाई सिकाउने गरेको बताए ।  अग्रवालका अनुसार आगनले ७० प्रकारका मिठाइहरु बिक्री गर्छ । मिठाइ भन्डारमा दुधले बनेका परिकार २४ घण्टा र अरु मिठाइका परिकार तीन दिन मात्र खान योग्य हुने बताउँदै आगनले म्याद गुज्रिएका कुनै पनि परिकारहरु आफूहरुले बिक्री नगर्ने आगनको भनाई छ । 

मातातीर्थ औंसी (आमाको मुख हेर्न दिन), गोकर्ण औंसी (बुबाको मुख हेर्ने दिन), तीज, तिहार जस्ता सिजन र पुजाआजा र शुुभकार्यमा आगनका परिकारहरु सबैभन्दा धेरै बिक्री हुने आलोक अग्रवालले बताए । आगनको हरेक पसलले मासिक सरदर २३ लाख रुपियाँको व्यापार गर्ने गरेको उनले बताए । 

कोराना महामारीपछि भने पहिला जस्तो व्यापार हुन नसकेको अग्रवालको गुनासो छ । उनले ग्राहकको सेवासुविधाका लागि होम डेलिभरीको व्यवस्था पनि गरिएको बताए । 

Advertisement