वाणिज्य बैंकहरुको वित्तीय विवरणः नबिलले सबैभन्दा बढी नाफा कमाउँदा कस्को कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । २२ वाणिज्य बैंक मध्ये शनिबार २१ वटाले आव २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । 

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नबिल बैंकले सबैभन्दा बढी ३ अर्ब ४१ करोड नाफा कमाएको छ । रकमका आधारमा नबिलले बढी नाफा कमाएको छ भने प्रतिशतका आधारमा एभरेष्ट बैंकले सबैभन्दा बढी अघिल्लो आवको समीक्षा अवधि भन्दा यस आवको ६ महिनामा नाफा ८९.२९ प्रतिशतले बढाएको छ । 

Advertisement

कृषि विकास बैंक भने ऋणात्मक अवस्थामा देखिएको छ । उसले गत आवको समीक्षा अवधि भन्दा यस आवको ६ महिनामा १०९.०६ प्रतिशत नाफा घटाएको छ । 

‘बिग मर्जर’ पछि सबैभन्दा ठूलो भयो ग्लोबल आइएमई, २२ वाणिज्य बैंकमध्ये कसको चुक्ता पूँजी कति ?

१४ वटा बैंकले नाफा बढाउँदा ७ वटाको नाफा घटेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको पाइएन । वित्तीय विवरण सार्वजनिक गरेका २१ वाणिज्य बैंक मध्ये २ वटा बैंकले ३ अर्ब बढी नाफा कमाउँदा २ वटाले २ अर्ब बढी नाफा कमाएका छन् । 

त्यसैगरी १२ वटा बैंकले १ अर्ब नाफा कटाए भने ४ वटाको नाफा एक अर्ब भन्दा तल छ भने एक बैंक ऋणात्मक रहेको देखिन्छ । 

प्राइम, प्रभु, नेपाल बैंक, सिद्धार्थ, सिटिजन्स र सनराइजले नाफा घटाएका छन् भने कृषि विकास बैंक ऋणात्मक अवस्थामा पुगेको हो ।

 

राष्ट्रिय स्तरका विकास बैंक: तीन वटाको नाफा बढ्दा अरुको घट्यो (सूचीसहित)

Advertisement