‘बिग मर्जर’ पछि सबैभन्दा ठूलो भयो ग्लोबल आइएमई, २२ वाणिज्य बैंकमध्ये कसको चुक्ता पूँजी कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा शुरु भएको ‘बिग मर्जर’ पछि कुनै बेला ३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकको संख्या अहिले २२ वटामा झरेको छ । 

अहिले पनि हिमालयन र सिभिल बैंक एकीकृत कारोबारको अन्तिम तयारीमा जुटिरहेका छन् भने लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

Advertisement

अहिलेसम्मको अवस्थालाई हेर्दा पाँचवटा बैंक २० अर्ब बढी चुक्ता पूँजीका बैंक भइरहेका छन् । छिट्टै सिभिललाई प्राप्ति गरी हिमालयन बैंक पनि २० अर्ब बढीको बैंक हुँदैछ । 

वाणिज्य बैंकहरुको बिग मर्जरमा पूर्व गभर्नरहरुको फरक मतः ‘पहिले मानेनन्, अहिले आफैं धमाधम’

चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंक भएको छ । बीओकेलाई मर्ज गरेपछि उक्त बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड नाघेको छ । हालसम्म अस्तित्वमा रहेका २२ वाणिज्य बैंक मध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पूँजी सबैभन्दा कम ९ अर्ब ४२ करोड छ । 

वाणिज्य बैंक २२ वटामा झरेः अरु पनि ‘पार्टनर’ खोज्दै, अस्तित्वमा छैनन् १० बैंक (सूचीसहित)

राष्ट्र बैंकले वाणिज्य बैंकको न्यूनतम चुक्ता पूँजी ८ अर्ब तोकेको छ ।

यी हुन् टपफाइभ बैंकः
पहिलो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड हुँदा दोस्रो नम्बर रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड छ । त्यस्तै नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड हुँदा कुमारी बैंकको २७ अर्ब २३ करोड र प्रभु बैंकको २३ अर्ब ५३ करोड छ । 

‘बिग मर्जर’ नीतिः वाणिज्य बैंकको संख्या ११ देखि १५ वटामै झर्ने हो ? (मर्जर/प्राप्तिको नालिबेली)

वाणिज्य बैंकको संख्या घटाउने राष्ट्र बैंकको नीति अनुसार अरु केही बैंकहरु पनि उपयुक्त पार्टनरको खोजीमा छन् । प्रतिष्पर्धामा आउन पनि अरु बैंकहरुलाई मर्जरमा जानु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।  

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार शुरुः चुक्ता पूँजी २३ अर्ब बढी, सीईओमा शेरचन

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 

सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईः चुक्तापूँजी पौने ३६ अर्ब, अध्यक्षमा ढकाल, सीईओमा बज्राचार्य

नेपाल इन्भेष्टमेण्ट र मेगाको एकीकृत कारोबार शुरुः ३४ अर्ब नाघ्यो चुक्ता पूँजी

हिमालयन र सिभिलको साधारण सभाबाट लाभांश-प्राप्ति प्रस्ताव पारित, एकीकृत कारोबारको बाटो खुल्यो

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौताः बन्यो संयुक्त मर्जर समिति

बीस अर्ब बढीको वाणिज्य बैंक हाक्दै सीईओहरु: ठूला छ बैंकको चुक्ता पूँजी कति ?


 

Advertisement

Advertisement