सुमन सायमीलाई अघि सारेर सार्वजनिक जग्गा अतिक्रमण रोक्ने बालेनको कदमविरुद्ध प्रदर्शन

Advertisement

काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाउनेहरुले आइतबार काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले बालेन शाहसँगै मेयरका लागि प्रतिस्पर्धा गर्ने सुमन सायमीलाई अघि सार्दै विरोधमा उत्रिएका हुन् । 

काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको आरोप लगाउँदै अतिक्रमित संरचना भत्काउने कार्यको विरोध गरेका थिए । 

Advertisement

काठमाडौंका विभिन्न ठाउँका सरकारी जग्गा अतिक्रमण गरी बसेकाहरु आजको प्रदर्शनमा सहभागी भएका थिए । विशेषगरी काठमाडौंका नदि किनारमा बहुमूल्य जग्गा भूमाफिया र मालपोत कार्यालयका कर्मचारी मिलेर निजीकरण हुँदै आएकोमा पछिल्लो समय सुकुम्वासीको नाममा अतिक्रमण भइरहेको छ । 

अतिक्रमणले गर्दा नेपालको साँस्कृति सम्पदाको रुपमा रहेका वागमती, विष्णुमती लगायतका नदि र खोलाहरु अहिले कुलो र ढलमा परिणत भएका छन् । तर राजनीतिक संरक्षण पाएका पार्टीका कार्यकर्ताहरुले नै सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाउँदै राजधानीको स्वन्दर्य नै निकै बिग्रिएको छ । 

बालेन विरोधीहरुले माइतीघरमा भेला भएर उनीविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले व्यक्तिगत सम्पत्तिमा डोजर चलाउन पाइँदैन्, डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

Advertisement

Advertisement