फ्रान्सका राजदूत बोलाएर पर्यटनमन्त्रीले भने– नेपाललाई कालोसुचीबाट हटाउन पहल गरिदिनुपर्यो

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका लागि फ्रान्सका राजदूत एचई गिल्स बोरबाओलाई बोलाएर नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउन पहल गरिदिन आग्रह गरेका छन् ।

फ्रान्स एयरबस जहाज निर्माता मुलुक पनि हो । सोमबार पर्यटन मन्त्रालयमा भएको भेटमा किराँतीले बोरबाओसँग यस्तो आग्रह गरेका हुन् । साथै, उनले नेपालबाट हराएका पुरातात्विक महत्वका मूर्ति फ्रान्सका संग्रहालयमा रहेका भन्ने विषयमा पनि राजदूतको ध्यानाकर्षण गराएका थिए । किराँतीले ती मुर्ती नेपाल ल्याउन पहलका लागि पनि कुराकानी भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

Advertisement

Advertisement

Advertisement