दुई हाइड्रोलाई आईपीओ निष्काशनको अनुमति, एक हाइड्रोद्वारा अनुमति माग्दै सेबोनमा आवेदन

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । 

दोल्तीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४ सय ५८ कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

त्यसैगरी भूगोल इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १६ लाख ३२ हजार १ सय ६० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

दुबै कम्पनीले माघ १६ गते सोमबार सेबोनले आईपीओ निष्काशनको अनुमति दिएको हो । 

यता, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर नेपालले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ १६ गते आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको हो ।

कम्पनीले २८ करोड रुपियाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको हो ।कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै विओके क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।  

Advertisement

Advertisement