काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आज माघ २२ गते आइतबारदेखि साधारण शेयर आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले नेपाली श्रमिकलाई ९ हजार ७ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओमा श्रमिकहरुले फागुन ८ गतेसम्म आवेदन दिन पाउने छन् ।
केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको उक्त कम्पनीको आईपीओ सर्वसाधारणहरुले फागुन २३ गतेसम्म आवेदन दिन पाउने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
१५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएर को बाँकी रहेको ८० हजार ९ सय ५० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।