काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पुँजी बजार सुधार गर्ने आफ्नो ठोस पहलकदमीबाट तिल्मिलाएकाहरु आफूविरुद्ध लागेको टिप्पणी गरेका छन् ।
उनले एक वक्तव्य जारी गर्दै निश्चित स्वार्थ समूहको लाभका लागि गलत सुचना प्रवाह गर्ने काम भइरहेको भन्दै आफूमाथिका आरोप निराधार र कपोकल्पित भएको बताएका छन् । प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न विभिन्न कम्पनीलाई अनुमति दिने क्रममा पैसाको बार्गेनिङ गरेको हमालमाथि आरोप लगाइएको थियो ।