एलआईसी नेपालका सीईओ दासको कार्यकाल ६ महिना थप्न प्राधिकरणले दियो स्वीकृती

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का  प्रमुख कार्यकारी अधिकृत (सीईओ)  लक्ष्मीप्रसाद (एलपी) दासको कार्यकाल थप भएको छ । सीईओ दासको कार्यकाल थप ६ महिनाका लागि थप्न मिल्ने गरी नियामक निकाय बीमा प्राधिकरणले स्वीकृती दिएको हो ।

उनलाई माघ २४ गतेको पत्रअनुसार गत माघ १४ गतेदेखि नै लागू हुनेगरी बढीमा ६ महिनासम्मको लागि कार्यकाल थप गर्न सकिने प्राधिकरणको​ स्वीकृती छ ।

Advertisement

विगत चार वर्षदेखि निरन्तर एलआईसी नेपालमा कार्यरत सीईओ दासले भारतका विभिन्न बीमा कम्पनीको अनुभव समेत हासिल गरेका छन् । उनले नेपाली बीमा क्षेत्रको सुधारका लागि पनि योगदान पुर्याउदै आएका छन् । अन्तर्राष्ट्रिय बीमा बजारमा चलेका अभ्यासहरुलाई नेपाली बीमा बजारमा समेत अपनाउन सकेमा बीमा क्षेत्रको गुणस्तर वृद्धि हुने उनले बताउँदै आएका छन् ।

एलआइसीमा आबद्ध हुनुभन्दा पहिले सीईओ दासले भारतको ओडिशाको भुवनेश्वर डिभिजन कार्यालयमा भारतीय जीवन बीमा निगमको वरिष्ठ डिभिजनल प्रबन्धकको रूपमा काम गरेका थिए । 

Advertisement

Advertisement