सरकारसँग छ बुँदे सहमतिसँगै आन्दोलन स्थगित गरेर काममा फर्किए चिकित्सकहरु

Advertisement

काठमाडौं । सरकारसँग छ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेर चिकित्सकहरु काममा फर्किएका छन् । राष्ट्रपति विद्या भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । 

उक्त घट्नाका दोषी प्रहरीलाई निलम्बन गरिए पनि संघले विरोध कार्यक्रम जारी राख्दा देशभर हजारौं बिरामी र बिरामीका आफन्तले सास्ती पाएका थिए । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच छलफल भई छ बुँदे सहमति भएको हो । 

Advertisement

सहमतिपत्रमा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने कुरा उल्लेख छ । 

Advertisement

Advertisement