हरेक बर्ष सिजीको नयाँ सेगमेन्टहरु थपिन्छन्, अबको गर्मी सिजनमा पंखा थपिन्छः ठाकुर

Advertisement

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्समा एसडीए (स्मार्ट डोमेस्टिक एप्लाइन्सेज)का प्रवन्धक मनिष ठाकुरले आफूहरुले हरेक बर्ष सिजी ब्राण्डमा नयाँ सेगमेन्टहरु थप्दै आएको बताउँदै आउँदो गर्मी महिनामा पंखा थप्ने योजना रहेको बताएका छन् । 

यस बर्ष पनि हेड ड्रायर, पीटीसी हिटर, सिजी मिरिडिया भनेर प्रिमियम प्रोडक्टहरु पनि थप गरिसकेको बताउँदै आउँदो गर्मी सिजनमा सिजी ब्राण्डको पंखा थपिने बताए । विश्व बजारमा परिचित विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरुका विभिन्न ब्राण्डहरु बिक्री गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले आफ्नो सिजी ब्राण्डमा फिनिक्स फोडक्टहरु ल्याएर बिक्री गर्दै आएको छ । 
 
ठाकुरले भने, ‘सिजी भनेपछि नेपाली ब्राण्ड हो भनेर सबैले चिन्छ । सिजीको बजार निकै राम्रो छ । बढ्दो क्रममा छ । मानिसले सिजी मन पराउने क्रम बढेर गएको छ । माग बढ्दो छ ।’ उनले सिजी ब्राण्डका सामानहरु अहिले बढेर ३० वटा सेगमेन्ट पुगिसकेको बताउँदै थपे, ‘ त्यसमा राइसकुकर, प्रेसर कुकर, जाडोका सामानहरु किट्ली, हिटर, गिजर, ग्यास गिजर आदि गरेर अलग अलग सेगमेन्ट छ । हरेक बर्ष नयाँ नयाँ सामान थप्ने क्रम पनि जारी छ ।’ 

Advertisement

सिजीका सामानहरु नेपालमै निर्माण गर्ने कुरामा माथिल्लो तहबाट तयारी भएको हुनसक्ने बताउँदै उनले आफूलाई भने थाहा नभएको छ । ठाकुरले चौधरी ग्रुपले गुणस्तरीय मागदण्डका सामान मात्रै बिक्री गर्ने भएकाले उपभोक्ताको विश्वास बढी भएको बताए । 

सिजीको साना सामानहरुमा मुख्य प्रतिस्पर्धी बाल्ट्रा, यशुदा हुन । सिजीले डिलरको लागि छुट्टै र सबडिलरको लागि छुट्टै स्किमहरु सञ्चालन गर्नेगर्छ । ग्राहकले छुट सुविधा उनीहरुमार्फत नै दिने गरिन्छ । यस्तो छुट सुविधा सिजीले बार्षिकरुपमा सञ्चालन गर्दछ । जाडोलगायतका विशेष अवसर र सिजनका लागि छुट्टै योजना हुने गर्छ । त्यसबाहेक सिजी इलेक्ट्रोनिक्सले ठाउँ ठाउँमा आफ्नै सिजी डिजिटल पनि सञ्चालन गर्दै आएको छ । 

चौधरी ग्रुपको नेटवर्कबाट नभए पनि डिलरहरुको नेटवर्कबाट देशका सबै जिल्लामा सिजीका घरायसी सामानहरु उपभोक्तामाझ पुग्ने ठाकुरको भनाई छ । दुर्गम क्षेत्रका मानिसहरु पनि आएर सिजीका सामान लगिरहेको बताउँदै उनले कोभिड महामारीको असरपछि सिजीको बजार राम्रै भए पनि पछिल्लो समयमा भने केही प्रभावित भएको बताए । 

ठाकुरले भने, ‘कोभिडको असर कम भएपछि बिक्री निकै बढेर गइरहेको बेला पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको विषमताको असर सिजी एसडीएमा पनि परेको छ ।’ हरेक बर्ष सिजी ब्राण्डले आफ्ना सामानहरुलाई गुणस्तर र प्रविधिको हिसावले अद्यावधिक गर्दै लगेको ठाकुरले बताए । 

उनले ग्राहकको सुविधाका लागि देशका विभिन्न ठाउँमा सर्भिस सेन्टरहरु पनि सञ्चालनमा ल्याएको बताए । त्यस्ता केन्द्रहरुमा दक्ष प्राविधिक र अनुभवी जनशक्तिको टिम रहेको बताउँदै ठाकुरले बिक्रीपछिको सेवामा कुनै पनि गुनासो आउन नदिने प्रयास गर्नेगरेको सुनाए । गिजर जस्ता ठूला खालका सामान भने सर्भिस सेन्टरमा ल्याउन गाह्रो हुने भएकाले ग्राहकको घरमै गएर पनि मर्मत गर्ने गरेको उनको भनाई छ । 

मूल्यका हिसावले सिजीका सामानहरु सस्तो र महंगो दुवै रहेको ठाकुरको भनाई छ । उनले भने, ‘अहिले मानिसले मूल्य मात्रै हेर्दैन । सामानको फिनिसिङ हेर्छ । गुणस्तर हेर्छ । नयाँ विशेषता के के थपियो ? त्यो हेर्छ । मूल्यका हिसावले सस्तो र महंगो दुवै खालका सामान सिजी एसडीएको छ । वारेन्टी सामान हेरेर धेरैजस्तो एक बर्षदेखि दुई बर्षसम्म छ । गिजरको टंकीमा पाँच बर्षको वारेन्टी दिएको छ । सिजीको सबैभन्दा बढी बिक्री हुने सामान मिक्सर, हिटर, गिजर, ओभन, ग्यास चुलो, पंखा, केटली, हटपट, इन्डक्शन चुलो आदि भएको ठाकुरले जानकारी दिए । 

Advertisement

Advertisement