बीएलडीसी सिलिङ फ्यानलगायत सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा

Advertisement

काठमाडौं । नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दै पहिलो पटक बिएलडीसी सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।

‘स्टे कुल सेभ इनर्जी सुइच टू बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ । 

Advertisement

उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।  

नेपालमा त्यही पनि तराई जस्तो ठाउमा बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउने गर्दछ । यस्तो अबस्थामा फ्यान पनि सोही अनुसार धुम्ने गर्दछ । यही अबस्थालाई मध्यनजर गरी यो सिलिङ फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको छ ।  

रिमोटको सुबिधा युक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।  नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरुमार्फत वितरण गदै आईरहेको छ ।

त्यस्तै सीजी.ले बिभिन्न डिजाईन र मोडलमा अरु पनि थुपै्र नयां सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ । सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन अति नै आकर्षक डिजाइन र रंगहरुमा उपलब्ध छन् । त्यस्तै अर्को हाइ स्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरै भन्दा धेरै हावा प्रबाह गर्दछ । यस्तै स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरुमा पनि यस्तै सिरिजहरु उपलब्ध छन् । 

Advertisement