सूर्यज्योतिमा नियमविपरित सातजना सञ्चालक, अबको एजीएमबाट पाँच जना बनाउँछौंः सीईओ खत्री

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको प्रमोटर (संस्थापक) शेयर कार्यविधि २०७७ सूर्यज्योती लाइफ इन्स्योरेन्सले उल्लङ्घन गरेको छ । सूर्यज्योती लाइफले प्राधिकरलाई अटेर गर्दै जबर्जस्ती पाँच जनाको ठाउँमा सात जना​ सञ्चालक राखेको छ । 

तत्कालिन सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको यस कम्पनीमा सूर्या लाइफको सञ्चालक समिति अध्यक्ष केवश भट्टराई छन् । त्यस्तै, सञ्चालकहरुमा नन्दकिशोर शर्मा, हेमन्त महता, विवेक झा, आकाश गोल्छा, जयन्तकुमार अग्रवाल, प्रिया तयाल र भरत केसी रहेका छन् । 

Advertisement

यीमध्ये दुई जनालाई आउँदो पहिलो बार्षिक साधारणसभा (एजीएम)बाट घटाएर कानुनअनुसार पाँच जना कायम गर्ने सूर्यज्योतिले बताउँदै आएको छ, जुन कुरा कार्यविधिविपरित छ । गैरकानुनी भए पनि प्राधिकरणले आँखा चिम्लिँदा सुर्यज्योतिलाई सहज भएको छ । 

प्राधिकरणका निर्देशक साम्बाराज लामिछानेले अहिले बीमा क्षेत्र नै मर्जरमय बनेको अवस्थामा सबैले छुट पाएको र त्यसको बढी अंश सूर्यज्योतीले पाएको स्वीकार गरेका छन् । उसका प्रतिस्पर्धीहरुले भने सूर्यज्योतिलाई सात जना सञ्चालक राख्न दिने, आफूहरुलाई नदिने भन्दै आपत्ति जनाएका छन् । 

सूर्यज्योतीले मर्जरका क्रममा आफूहरुको शेयर कन्भर्जन (रुपान्तरण) र संचालक समितिको तालमेल नमिल्दा समस्या भएकाले कार्यविधिविपरित सात जना सञ्चालक राख्नुपर्ने बाध्यता भएको बताएको छ । 

कर्पोरेट नेपालसँग एक बीमा कम्पनीका सीईओले भने, ‘कार्यविधिअनुसार शेयर रुपान्तरण हुँदा प्रोमोटर शेयर ५१ रहँदा डाईरेक्टरहरुको रेसियो पनि त्यही अनुसार मिलाउनुपर्छ भन्ने छ । सञ्चालकहरु जम्मा पाँच जना हुनुपर्नेमा सूर्यज्योतीले पेलेर सात जना नियुक्त गरेको छ । हामीले त्यही कुरा भएको भए एक्सन भइसक्थ्यो होला । यसमा बीमा प्राधिकरण किन मौन छ ? सबै जीवन बीमा कम्पनीहरुको चासोको विषय बनेको छ ।’

यता कम्पनी ऐनमा शेयर संरचना कम्तीमा पनि संस्थापक शेयर र साधारण शेयरको अनुपात ५१ः४९ हुनुपर्ने व्यवस्था छ । यसअघि यस्तो अनुपात ७०ः३० हुनुपर्ने व्यवस्था थियो । अहिले सूर्यज्यातीको शेयर रुपान्तरण भइसकेको अवस्था छ । 
 
यता बीमा प्राधिकरणका निर्देशक लामिछानेले पाँच वर्ष ‘लकिङ पिरियड’ हुने र सो अवधि कटाउनुपर्ने प्रावधान भए पनि अहिले भने मर्जरका कारण छुट दिएको बताए । वि.सं.२०७७ सालमा आफूहरुले कार्यविधि जारी गरेको बताउँदै उनले सूर्यज्योतीले आगामी पहिलो साधारणसभाबाटै आफ्नो कैफियत सुधार गर्नुपर्ने र त्यो सुधारको समयको समय पहिलो बार्षिक साधारणसभा भएको बताए ।  

त्यस्तै, सूर्याज्योती लाइफका सीईओ प्रकाशविक्रम खत्रीले आफूहरुले कुनै गैरकानुनी काम नगरेको दाबी गरे । उनले कर्पोरेट नेपालसँग भने, ‘हामी अहिले भर्खर मर्जर गरेका हौं । मर्जरको कार्यविधिले पनि एउटा साधारण सभाका लागिसम्म हामीलाई छुट दिएको अवस्था छ । पहिलो एजीएमपछि हामीले शेयर अनुपात, संचालकहरुको संरचनामा सबै सुधार गर्छौं । पछिल्लो कार्यविधिहरुले नै छुट दिएको ठाउँमा टेकेर नै हामीले निर्णय गरेका हौं ।’ 

खत्रीले थपे, ‘हामीले पनि त वित्तीय विवरण निकाल्छौं । हाम्रो पनि पब्ल्कि लिमिटेड कम्पनी हो । त्यसैले नचाहिने काम त हामी पनि गर्दैनौ नि । संचालकको संख्या बढी भयो भन्ने अब बस्ने पहिलो एजीएमबाटै मिलिहाल्छ ।’

यस्तो छ बीमा प्राधिकरणको प्रावधानः

Advertisement