जी– २० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन बिष्णु पौडेल भारत प्रस्थान

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडल जी–२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । 

उनीसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले नेपाललाई बोलाएको हो । भारत अहिले सम्मेलनको  अध्यक्षता गर्दैछ । 

Advertisement

भारतको बेंङलुरुमा शुक्रबार र शनिबार हुने दुई दिने सम्मेलनमा चीन लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने भारतको योजना छ । 

Advertisement

Advertisement