राष्ट्र बैंकका इन्जिनियर सहदेव चन्दको मुख्य भूमिका रहेको सांगीतिक भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । कमलमान सिंहको शब्द र संगीतमा रहेको सांगीतिक भिडियो ‘जीन्दगी’ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका इन्जिनियर सहदेव चन्दको मुख्य भूमिका (अभिनय) रहेको यो गीत युवाहरुको संघर्षमा आधारित छ । 

चन्दसँगै विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङमा डेबिड शेर्पा र संज्ञा श्रेष्ठको समेत भूमिका रहेको यो भिडियोमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ शिखरहरु आरोहण गर्ने सबैभन्दा कान्छो पर्वतारोही पनि देखिन्छन् । 

Advertisement

भिडियोमा विभिन्न पेशामा आवद्ध युवाले आफ्नो सपना पूरा गर्न सबै दुःख पीडालाई भुलेर रमाएको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा माया प्रेमलाई समेत व्यक्त गरिएको छ । यसमा इन्जिनियर, पार्वतारोहीले कसरी आफ्नो दुःख भुलेर काम गरेको देखाइएको छ । 

भिडियोमा नेपालको हिमाल आरोहणदेखि काठमाडौंका दरबार क्षेत्रका झलक लेख्न सकिन्छ । इन्जिनियर चन्दले जीन्दगी गीतले युवाहरुको कथा बोलेको बताए । आफ्नो थुप्रै समस्याकाबीच आफ्नो सपना पुरा गर्न लागिपर्ने युवाहरुको कथा भिडियोमा रहेको उनले बताए । 

Advertisement

Advertisement