प्रिक्सा टेक्नोलोजीले ल्यायो अत्याधुनिक क्लाउडमा आधारित पोमेलो एचआरएम सफ्टवेयर

Advertisement

काठमाडौं । प्रिक्सा टेक्नोलोजीले अत्याधुनिक क्लाउडमा आधारित पोमेलो एचआरएम सफ्टवयर ल्याएको छ । कम्पनीले शुक्रबारको आफ्नो बार्षिकोत्सवको अवसरमा लन्च गर्न लागेको यो सफ्टवयर, अवष्ठित कम्पनी, स्टार्टअप कम्पनी र न्युज पोर्टलहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ । 

यसको प्रयोगले सानादेखि ठूला कम्पनीहरुलाई कर्मचारी व्यवस्थापन, प्रोत्साहन, विकास, सम्वन्ध निर्माण गर्न भूमिका खेल्ने प्रिक्साको भनाई छ । कम्पनीका बजार व्यवस्थापक प्रमुख राजन काफ्लेअनुसार पोमेलो एचआरएम एक उत्कृष्ट प्लेटफर्म हो जसले मानव संशाधन प्रक्रियालाई व्यवस्थित गर्दछ । यसमा कर्मचारीको छुट्टि, उपस्थिति व्यवस्थापन, लचिलो कार्यघण्टा, जीपीएस ट्राकिङ, पे–रोल प्रणाली जस्ता सुविधाहरु समावेश गरिएका छन् । 

Advertisement

सफ्टवयरमा विभिन्न प्रकारका साँर्टर, यात्रा भत्ता, महंगी भत्ता, समाचार विजेट, मौसम विजेट, आगामी घट्नाहरु पनि समावेश रहेको बताउँदै कम्पनीले यसले मानव संशाधन व्यवस्थापनमा ठूलो भूमिका खेल्ने बताएको छ । 

कम्पनीकी पोमेलो विभाग प्रमुख अन्जेलिका शाहका अनुसार यो सफ्टवयरको प्रयोगले अवष्ठित कम्पनी, स्टार्टअप कम्पनी, न्युज पोर्टल र अरु साना ठूला सबै प्रकारका कम्पनीको कर्मचारी व्यवस्थापनलाई सहजीकरण गर्नु, प्रशासनिक कार्यभार कम गर्नु, त्रुटिहरु कम गर्नु र कम्पनीको कार्यक्षमता बढाउनु हो ।

प्रिक्सा पे–रोलको विशेषताहरुले कम्पनीलाई काम गर्ने समयको आधारमा पे–रोल सेटअप गर्न सजिलो हुने कम्पनीको विश्वास छ । प्रिक्सा पे–रोलमार्फत क्षतिपूर्ति र लाभहरु व्यवस्थित गर्न र सहजढंगले कर्मचारीहरुको तलब सुविधाको अभिलेख राख्न सहयोग गर्छ । 

Advertisement

Advertisement