चालु खर्च बढ्दा सरकारको आम्दानी भन्दा खर्च एक खर्ब ५३ अर्बले बढी

Advertisement

काठमाडौं । सरकारको आम्दानी र खर्चबीच अन्तर बढ्दै गएको छ । आम्दानी घटेर खर्च बढ्दा अन्तर बढ्दै गएको हो ।

चालु वर्षको ७ महिना २२ दिनमा सरकारको आम्दानी भन्दा खर्च १ खर्ब ५३ अर्ब कम भैसकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन २१ गतेसम्म सरकारको खातामा राजस्व, गैर राजस्व अनुदान गरी ५ खर्ब ९४ अर्ब जम्मा भएको छ । जसमा राजस्व शीर्षकमा ५ खर्ब १ अर्ब उठेको छ ।

Advertisement

गैरकर राजस्वमा ५३ अर्ब ६६ करोड उठ्दा अनुदान २ अर्ब ८ करोड मात्रै प्राप्ति भएको छ । अन्य शिर्षकमा ३५ अर्ब १५ करोड संकलन भएको छ ।

आइतबारसम्म सरकारको कूल खर्च ७ खर्ब ४८ अर्ब ५२ करोड पुगेको छ । सबैभन्दा धेरै खर्च चालु शिर्षकमा भएको छ । यो शीर्षकमा सरकारले ५ खर्ब ८७ अर्ब खर्च गरेको छ । यस्तै विकास खर्चतर्फ ७८ अर्ब २६ करोड खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ८२ अर्ब ९५ करोड खर्च भएको छ ।

चालु वर्ष सरकार खर्च व्यावस्थापनमा उच्च दबाबमा रहेको छ । आम्दानी भन्दा खर्चको रेसियो बढ्दा सरकारको खाता नै १ खर्ब ४० अर्ब भन्दा बढीले ऋणात्मक भैसकेको छ । खाता ऋणात्मक बन्दै जाँदा सरकारले प्रमुख स्रोत आन्तरिक ऋणलाई बनाउँदै लगेको छ । चालु वर्ष २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने सरकारले लक्ष्य लिएको छ ।

Advertisement

Advertisement