एफवान सफ्ट ‘विग’ कम्पनीको सुचीमा, १५ अर्ब ६६ करोडको व्यापार गर्न सफल

Advertisement

काठमाडौं। नेपालको डिजिटल प्रविधिको क्षेत्रमा राम्रो प्रगति गरिसकेको कमपनी ‘एफ वान सफ्ट इन्टरनेश्नल’ले लोभ लाग्दो व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ मा १५ अर्ब ६६ करोडको व्यापार गर्दै आफूलाई ‘बिग’ कम्पनीहरुको सुचीमा उभ्याउन सफल भएको हो । 

उन्नाइस वर्ष अगाडी स्थापना भएको यो कम्पनीले डिजिटल प्रविधिको क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगट्न सफल भएको छ । एफ वान सफ्टले नै नेपालमा पहिले डिजिटल भुक्तानी प्रणालीको सुरुवात गरेको थियो । अहिले यो कम्पनी ठूला २५ कम्पनीहरुमध्ये एक बन्न सफल भएको छ । 

Advertisement

एफवान सफ्टको अध्यक्षमा विश्वास ढकाल छन् । बढ्दो प्रविधिको प्रयोग र विद्युतीय भुक्तानी सेवातर्फ मानिसहरु आकर्षित हुने क्रम बढ्दै गर्दा उसको व्यापार अझै बढेर जाने देखिन्छ । सरकारले प्रविधि निर्यातमा अनुदान दिने घोषणा पनि गरेको छ । यसले एफवान सफ्टलाई लाभान्वित बनाउने छ । 

एफवान सफ्टका सहायक कम्पनीहरु नौ वटा छन्, जसमा ई–सेवा, फोन–पे, कोग्नेथ हेल्थ, दियालो टेक्नोलोजी, दर्शन टेक, ई–सेवा मनि ट्रान्सफर, एक्सटेन्सो डाटा, लोजिका बिन्स, स्वस्तिक कलेज छन् । कम्पनीको सबैभन्दा लोकप्रिय र सफल विजनेश ई–सेवा हो । पहिलो डिजिटल वालेट ई–सेवासँग पछि आएका कम्पनीहरुलाई प्रतिस्पर्धा गर्न मुस्किल भइरहेको छ । विद्युतीय भुक्तानी क्षेत्रको ठूलो बजार उसले ओगट्दै आएको छ । ई–सेवा एपको सक्रिय प्रयोगकर्ता ५० लाखभन्दा बढी रहेको बताइन्छ । 

यसैगरी, कम्पनीको अर्को लोकप्रिय प्रोडक्ट फोन–पे हो।  क्युआर भुक्तानीका क्षेत्रमा यो प्रोडक्टले ठूलो बजार लिँदै आएको छ । फोन–पे सन् २००४ देखि सञ्चालनमा आएको हो । यो कम्पनीले ५८ भन्दा बढी कम्पनीसँग सम्झौता गरेको जनाएको छ भने आफ्नो एप्लिकेशन पाँच लाखभन्दा बढीले डाउनलोड गरेको जनाएको छ । 

एफवान सफ्टले लोजिका बिन्स कम्पनीबाट सफ्टवयर डेभलपमेन्टको काम गर्दै आएको छ । लोजिकाले सफ्टवयर निर्माणको काम गर्दै आएको छ । कर्पोरेट सेक्टर, बैंकिङ क्षेत्र, उद्योग, होटल, ट्राभल एण्ड टुर्स कम्पनीले आफ्नो प्रोफाइल देखाउन र अनलाइन सेवा दिन एफवान सफ्टमार्फत वेभसाइट तथा एप्लिकेशन निर्माणको काम गर्दै आएको छ । 

दर्शनटेक, एफवान सफ्ट ग्रुपले सन् २०१० मा स्थापना गरेको कम्पनी हो । यो कम्पनीले अनलाइन डोमिनको इन्सुरेन्सको काम गर्दै आएको छ । सात वटा इन्सोरेन्स कम्पनीसँग सम्झौता गरी उसले व्यापार गर्दैआएको छ ।

यसैगरी, एफवान सफ्टले ई–सेवा मनी ट्रान्सफर सेवा पनि सुरु गरेको छ । कम्पनीले ई–सेवामार्फत विदेशबाट नेपालमा रकम पठाउन यो कम्पनी स्थापना गरेको हो । यस्तै, एक्सटेन्सो डाटाले विभिन्न बिजनेस हाउसको तथ्यांकहरु केलाएर व्यापार बढाउने उपाय दिनेछ। ग्रुपले २०१३ देखि आईटी कलेज पनि सञ्चालन गर्दै आएको छ । स्वस्तिक कलेज स्थापना गरी कम्युटर साइन्स तथा प्रविधिमा दक्ष जनशक्ति निकाल्ने उसको लक्ष्य छ । 

Advertisement

Advertisement