बुढानीलकण्ठ नगरपालिकाले आयोजना गर्यो सीप सम्मेलन तथा कृषि मेला

Advertisement

काठमाडौं । एक सय १३औं श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ । 
नगरपालिकाकी प्रमुख अनिता लामाले मेला शनिबारसम्म सञ्चालन हुने बताइन् । 

उनले दुई दिने मेला आयोजना गर्न पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिइन् । लामाले मेला प्रर्दशमा सहभागी उद्यमीले दुई दिनको एक सय रुपियाँ मात्र तिरे पुग्ने बताइन् । 

Advertisement

मेलामा घरेलु तथा लघु उद्यम, कृषि, गृहश्रमिकले उत्पादन गरेका सामग्रीहरुका ७१ वटा स्टल राखिएको छ । मेलामा बुढानीलकण्ठ नगरपालिकाभित्रका उद्यमीले उत्पादन गरेका सामग्री मात्र राखिएको लामाले जानकारी दिइन् । 

उनले भनिन्, ‘नगरभित्र उसले घरमा बसेर पनि श्रम गर्छ, सीपमूलक स्वरोजगार व्यवसाय गर्छ । सानोतिनो उद्योग चलाइरहेको छ, विशेषगरी महिलाहरुले, उनीहरुलाई प्रोत्साहन गर्न मेला आयोजना गरिदिएको हो । यसले स्वरोजगार हुन र आत्मनिर्भर हुन उनीहरुलाई प्रोत्साहन गर्छ ।’ 

लामाले नगरभित्र यस्ता साना तथा घरेलु उद्यमी महिला कति छन् ? भन्ने कुराको यकिन विवरण पनि नभएको बेला मेलाले उनीहरुको विवरण संकलनमा पनि सहयोग पुग्ने भन्दै उनीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गर्न मेलाले सहयोग गर्ने बताइन् । 

बुढानीलकण्ठ नगरपालिकाले पहिलो पटक यस किसिमको मेला आयोजना गरेको हो । लामाले मेलाको अन्तिम दिश शनिबार काठमाडौं उपत्यकाभित्रका पालिकाका प्रमुखहरुलाई पनि निम्ता दिएको जानकारी दिँदै भोलि १० हजारले अवलोकन गर्ने अनुमान गरिएको बताइन् । 

Advertisement

Advertisement