राजधानीको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको यो १७औं मेला हो । 

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । उनले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताए । उनले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । 

Advertisement

साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिष्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँदै पौडेलले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पुर्याउने बताए । 

Advertisement

Advertisement