सुरक्षित र प्रतिफलमुखी परियोजनामा लगानी गर्न उच्च प्राथमिकता दिएका छौंः रमन नेपाल

Advertisement

काठमाडौं । । अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सवमा शनिबार उनले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बड्दो क्रममा रहेको पनि धितालले बताए । 

कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पुरा गर्नेतर्फ काम गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । 

Advertisement

कोषका कार्यकारी निर्देशक रमन नेपालले आफूहरुले प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिएको बताए ।  पूर्वाधार विकास क्षेत्रलाई प्राथमिकता दिई लगानी बढाउने उनले बताए । 

कार्यकारी निर्देशक नेपालले भने, ‘आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाइने प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम दुई खर्ब छ अर्ब १९ करोड रुपियाँ रहेकोमा यो अवधिमा कोषले सो अवधिमा दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ ।  

कोषले आर्थिक बर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गर्दा सहभागीहरुलाई निजहरुको बचत रकममा नियमित प्रतिफलको अतिरिक्त एक प्रतिशत प्रतिफल प्रदान गरेकोमा आर्थिक बर्ष २०७७–७८ मा थप प्रतिफल वृद्धि गरी १.५० प्रतिशत प्रदान गरेको थियो । 

आगामी वर्षहरुमा पनि यस्तो थप प्रतिफललाई निरन्तरता दिइने रमन नेपालले बताए । उनले भने, ‘कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको छ ।’

आगामी वर्ष थप एउटा शाखा कार्यालय विस्तार गर्ने योजना पनि कार्यकारी निर्देशक नेपालले सुनाए । वि.सं. २०४८ माघ १ देखि कारोबार सुरु गरेको कोषका १२ वटा कार्यक्रममा हालसम्म करीब आठ लाखभन्दा बढी आवद्ध भइसकेका छन् । कोषको चुक्ता पुँजी चार अर्ब २५ करोड १० लाख रुपियाँ पुगेको छ ।

कोषको भौतिक पूर्वाधार निर्माण, मानव संशाधनको विकास, नियम कानून सुधार र संशोधन भई कारोवार व्यवस्थित र सहज भएको दावी गर्दै रमन नेपालले आफूहरुले कोषको संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन निरन्तर प्रयास गरिरहेको बताए । 

कोषले स्वरोजगारमा रहेका तथा वैदेशिक रोजगारीमा रहेका विप्रेषण आप्रवाह गर्नेहरुलाई सहभागी गराउने उद्देश्यले नागरिक पेन्सन कार्यक्रम संचालनमा ल्याएको छ । कोषले आवास कर्जावापत सहभागीलाई निजको १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपियामध्ये जुन कम हुन्छ, सो बराबरको रकम प्रदान गर्दै आईरहेको छ । कोषमा श्रीमान र श्रीमती दुवै सहभागी भएमा आवास कर्जा रु. एक करोड रुपियाँसम्म सुविधा प्रवधान गर्ने व्यवस्था छ । 

सरल कर्जा, सहभागी सापटी तथा अन्य कोपले प्रभाह गर्ने सेवा सुविधाहरु विस्तार गरी निरन्तर रूपमा सेवा तथा सुविधा अभिवृद्धि गर्ने योजनाहरु समेत रहेको कोषले जनाएको छ ।

नागरिक लगानी कोष कर्मचरी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देवनारायण गुरागाईले कोषले गर्नुपर्ने बिषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए । बाषिकोत्सव कार्यक्रममा २० बर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

Advertisement

Advertisement