रमेश कर्पले अनाथालयमा मनायो संस्थापकको स्मृति दिवस

Advertisement

काठमाडौं । कर्पोरेट समूह रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस एक अनाथालयमा मनाएको छ । 

विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आईरहेको स्थापना दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी मनाएको हो । 

Advertisement

समाजको लागि पूनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । रमेश कर्पका सदस्यहरुले अनाथालयमा विभिन्न रमाईला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए । 

रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । 

बालबालिकाको मुहारमा खुशी,  मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘आज रमेश कर्पोरेशनको नेस्रो संस्थापक दिवस र यो दिन हाम्रो लागि विशेष छ किनकी हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यहरू मार्फत समुदायमा पूनः योगदान गर्ने अवसर पाईरहेका छौं । बालबालिकाको भलाइको लागि योगदान गर्ने अवसरको लागि हामी आभारी छौं । समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्ति तर्फको एउटा सानो कदमको रूपमा हेरेका छौं ।’

त्यसैगरी रमेश कर्पोरेशनका रोहित गुप्ताले थपे, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौं । हामी समाजको लागि पूनः योगदानमा विश्वास गर्छौं, र त्यो लक्ष्य हासिल गर्नको लागि यो कार्यक्रम एउटा सानो कदम मात्र हो । हामीलाई यस बालमन्दिर अनाथालयका बच्चाहरूसँग समय बिताउन र उनीहरूको कल्याणमा योगदान गर्ने मौका दिनु भएकोमा हामी धेरै आभारी छौं ।’ 

रमेश कर्पोरेशनले आयोजना गरेको सीएसआर कार्यक्रम उनीहरुको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण हो । शिक्षा, स्वास्थ्य सेवा र वातावरण संरक्षण जस्ता विभिन्न पहलहरू मार्फत समाजको हितमा योगदान पुर्याउन कम्पनी सधैं अगाडि रहँदै आएको छ ।

५० वर्ष पहिले हार्डवेयर व्यापार व्यवसायको रूपमा स्थापना भएको रमेश कर्पोरेशन, आज हरेक क्षेत्रमा आफुलाई सशक्त बनाएको छ । उत्पादन, वित्तीय सेवा, घरजग्गा, उपभोक्ता टिकाउ, जलविद्युत, खानी र लगानी जस्ता उद्योगहरूको विस्तृत श्रृंखलामा यसको बलियो उपस्थिति छ । 

Advertisement

Advertisement