पुरुषलाई महिला बनाएर यात्रा गराउने नेपाल वायुसेवाका पाइलट र ग्राउण्ड स्टाफहरु निलम्बित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पुरुषलाई महिना भनेर गणना गरी यात्रा गराउने नेपाल वायुसेवा निगमका पाइलट, ग्राउण्ड स्टाल र डिस्प्याचलहरुलाई कारवाही गरेको छ । 

सोमबार बिहान ताप्लेजुङबाट काठमाडौं आएको निगमको जहाजमा एक जना पुरुषलाई महिला बनाएर यात्रा गराउनुका साथै जहाजको लोडसिटमा देखाएको तौलभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि देखाएको तौल बढि देखिएपछि उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निलम्बित गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

Advertisement

उनले कारवाहीको लागि निगमलाई पत्र गइसकेको जानकारी दिए । 

Advertisement

Advertisement