सिद्धार्थ वनस्थलीका प्रधानाध्यापक भन्छन्– राज्यको गलत नीतिले विद्यार्थी पलायन भए

Advertisement

काठमाडौं । सिद्धार्थ वनस्थली इन्ष्टिच्युट लामो इतिहास बोकेको विद्यालय हो । २०४६ सालअघि राम्रो पढाई हुने र उत्कृष्ट नजिता दिने विद्यालयहरुको सुचीमा सिद्धार्थ बनस्थलीको पनि नाम आउँथ्यो । 

एसएलसी परीक्षाका मात्रै नभएर राष्ट्रियस्तरका खेलकुद र अन्य प्रतियोगितामा विद्यार्थीहरुले उत्कृष्ट नजिता हासिल गरेका समाचार आउने गर्दथ्यो । सिद्धार्थ वनस्थलीमा पढेका विद्यार्थीहरु अहिले देश विदेशमा सरकारी र गैरसरकारी क्षेत्रमा उच्च तहमा रहेका छन् । विद्यालयले त्यो पूरानो विरासत अझै पनि जोगाउने प्रयास गर्दै आएको छ । 

Advertisement

सिद्धार्थ वनस्थली अध्ययनमैत्री छ । विद्यालयभित्र प्रवेश गरिसकेपछि ठूला भवन, सानो मन्दिर, फूलेका फूलहरु, बालबालिका लागि खेल्ने स्थान हरेक उमेर समूहलाई मिल्नेगरी निर्माण भएका कक्षा कोठासहितका भौतिक संरचना छ । 

वि.सं. २००८ सालमा स्थापना भएको यो शैक्षिक संस्था १८ रोपनी क्षेत्रफलमा फैलिएको छ । निजी विद्यालयहरुबीच विद्यार्थी तानातानको अवस्थामा पनि दुई हजार विद्यार्थी अध्ययनरत छन् । शान्त वातावरण रहेको सिद्धार्थ वनस्थलीमा अध्ययन अध्ययापनको आफ्नै संस्कृति छ । शिक्षक, कर्मचारीको इमान्दारिता, विद्यालयप्रति जनताको विश्वास, न्यूनतम् शुल्कका कारण विद्यार्थी र अभिभावकको आकर्षण कायमै रहेको विद्यालयका प्रधानाध्यापक रुपक राजवंशी बताउँछन् । 

उनले विगत तीन दशकदेखि विद्यालयको नेतृत्व गर्दै आएका छन् । छ दशकको यात्रामा विद्यालयले नौलो आयाम बनाउन सफल भएको राजवंशीको भनाई छ । नर्सरीदेखि स्नातकसम्म पढाई हुने सिद्धार्थ वनस्थली शिक्षाको गुणस्तर वृद्धि गरी दक्ष जनशक्ति छनोट गर्दै आएको उनले बताए । राजवंशीले भने, ‘विद्यार्थीलाई विद्यालयभित्र पुगिसकेपछि पढुँपढुँ बनाउने खालको शैक्षिक वातावरण तयार पारिएको छ । हामीले कसरी हुन्छ विद्यार्थीलाई खुशीका साथ पढ्ने वातावरण बनाइदिएका छौँ । टाढाका विद्यार्थी आउन समस्या नहोस भनेर स्कुल बसको सुविधा प्रदान गरेको छ ।’

विद्यार्थीको चाप धेरै भए पनि व्यवस्थापन पक्षबाट शैक्षिक कार्यमा कुनै कमी हुन नदिएको उनले दावी गरे । राजवंशीले विद्यालयको नयाँ भवन निर्माण गर्नेभन्दा पनि भवनको मर्मत सम्भार गर्ने र विद्यार्थीको पढाईको गुणस्तर कायम राख्न आफू लाग्दै आएको बताए । 

सिद्धार्थ वनस्थलीले दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । छात्रवृत्ति पाउने विद्यार्थी न्यून आयस्तरका अभिभावकका छोराछोरी, अपाङ्ग, जेहेन्दारहरु हुने गरेका छन् । तर पछिल्लो समय कोरोनापछि विद्यार्थीका अभिभावकले सा–साना कुरा लिएर आउने गरेको राजवंशीले बताए । उनले भने, अभिभावकका कारण बालबालिका बिग्रिने, सपार्ने विद्यालय ? बच्चाले घरमा अटेर गरेका कुरा विद्यालयसम्म आउनु भनेको अभिभावकको कमजोरी हो ।’

सिद्धार्थ वनस्थली इन्ष्टिच्युटको शाखा पनौतीमा पनि रहेको छ । पनौतीमा हाल चार सय विद्यार्थी अध्ययनरत छन्, जहाँ बालाजुस्थित विद्यालयमा भन्दा आधा शुल्कमा विद्यार्थीलाई पढाइँदै आएका छन् । 

शैक्षिक गुणस्तर पार्न सरकारले मनोमानी विद्यालय खोल्न दिननहुने प्रध्यानाध्यापक राजवंशीको धारणा छ । उन भन्छन्, ‘बालबालिकाप्रति सरकारको न कुनै लगाब छ । न नीति नियम नै छ  । देशको सबैभन्दा बढी समस्या भनेको त्रिभुवन विश्वविद्यालयमा छ । त्यहाँ विद्यार्थी घट्दै गएका छन् । विद्यालयहरु व्यापारका लागि खुल्ने, सरकारले मनोमानी खोल्न अनुमति दिने कुराले बेथिति बढेको छ । विद्यार्थी, अभिभावक, समाज र राज्यले आफ्ना विद्यार्थीलाई देशमा बस्नुपर्छ । केही गर्नुपर्छ भनेर संस्कार दिने भन्दा पनि कक्षा १२ सक्नासाथै विदेश जानुपर्छ भनेर सिकाएको छ । बस्ने वातावरण पनि वनाइएन् । यो स्थितिलाई सरकारले मोड्न सकेन भने यो देशमा दक्ष जनशत्तिmको अभाव हुने अवस्था आइसक्यो ।’

Advertisement

Advertisement