बीमक संघले अर्थमन्त्रालयमा बुझाए आगामी आवको बजेटको लागि सुझाव

Advertisement

काठमाडौं । जीवन बीमक संघ र निर्जीवन बीमक संघले अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को लागि बीमा क्षेत्रसँग मागेको सुझाव पेश गरेका छन् ।  

जीवन बीमक संघका अध्यक्ष पोशकराज पौडेल र निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले अर्थमन्त्रालयमा सुझाव पेश गरेका हुन् ।  

Advertisement

जीवन बीमामा बीमितले पाउने कर छुटको दायरा बढाउनु पर्ने प्रस्ताव सुझाव दिइएको हो । उक्त दर हाल ४० प्रतिशत कायम रहेको छ ।

त्यस्तै, निर्जीवन बीमाको तर्फबाट कोरोना बीमाको दाबी भुक्तानी आउने आर्थिक वर्षमा नै सम्पन्न गर्नु पर्ने प्रस्ताव पेश गरिएको छ । त्यस्तै, कृषि बीमाको अनुदानमा समेत वृद्धि गर्नु पर्ने माग गरिएको छ । 

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणको तर्फबाट निर्देशन सुशिलदेव सुवेदीले उपस्थिती जनाएका थिए । 

लामो समयदेखि कोरोना बीमाको दाबी भुक्तानी हुन नसक्दा र कृषि बीमामा कृषकहरुको आकर्षण बढ्न नसकेको भन्दै बीमा क्षेत्रले अर्थ मन्त्रालय समक्ष चिन्ता समेत व्यक्त गरेको थियो ।

त्यस्तै, जीवन बीमामा बीमितको अझै आकर्षण बढाउन कर छुटको दायरा सकेसम्म बढाउनु पर्ने सुझाव दिइएको छ । 

  


 

Advertisement

Advertisement