नेप्से १९ सय अंकबाट तल ओर्लियोः जीवन विकास, जाल्पा र यूनिक नेपालमा नेगेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेसँग कारोबार रकम पनि करीब सवा अर्बमै समेटिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.८७ अंकले घटेको हो । १.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८८.२७ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २५९ कम्पनीका ३७ लाख ५४ हजार ३ सय ३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१.०३ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि दुई कम्पनीमा भने पोजेटिभ सर्किट लागेको छ । मायाखोला हाइड्रो र एशियन हाइड्रोपावरका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका हुन् ।

त्यसैगरी जीवन विकास, जाल्पा सामुदायिक र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।

महिला लघुवित्त र किसान लघुवित्तका लगानीकर्ताले पनि क्रमशः ९.९५ र ८.८१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३ सय ४१ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement