एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । 

नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रर्वद्दन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।

Advertisement

नेपालका राष्ट्रिय विभूतिहरु भन्ने नारा सहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका    सचिव सुरेश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत    निक्षेप प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन    काउण्टर,    ७ प्रादेशिक    कार्यालयहरु, १६० एटीएमसहित राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ । 

Advertisement