अर्थतन्त्रमा चुनौतिको चाङ लागेको बेला बायाँ हाते अर्थमन्त्रीः के सुधार होला अर्थतन्त्र ?

Advertisement

काठमाडौं । मुलुकले अर्थतन्त्र सुधार गर्न सकिएन भने आर्थिक संकट निम्तिने खतरा छ । यही परिस्थितिका मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । अर्थमन्त्रीमा नियुक्त डा. प्रकाशशरण महत अर्थतन्त्रको स्वास्थ्य बिग्रदै गएको बेला अर्थमन्त्रालयको नेतृत्व सम्हान आइपुगेका छन् । 

गत मंसिरमा सम्पन्न संसदीय निर्वाचनपछि दोस्रो अर्थमन्त्रीका रुपमा महत नियुक्त भएका हुन् । यसअघि नेकपा एमालेका नेता विष्णु पौडेल पुस ११ गते अर्थमन्त्री नियुक्त भई फागुन १५ गते बाहिरिएका थिए । 

Advertisement

एक महिना दुई दिन मन्त्रीविहीन रह्यो अर्थमन्त्रालय । अर्थमन्त्रालयको जिम्मेवारी प्रधामन्त्री पुष्पकमल दाहालले लिए पनि मन्त्रालयका तर्फबाट हुने धेरै काम प्रभावित हुँदै आएका थिए । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्यालेन्डर नै प्रभावित हुने अवस्था भइसकेका बेला महत मन्त्रालको कमाण्ड सम्हान आइपुगेका छन् । 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको ७ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखाए पनि अर्थशास्त्रीहरु अर्थतन्त्रको स्वास्थ्य त्यति राम्रो देखिरहेका छैनन् । महालेखा नियन्त्रण कार्यालयले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु आवको आठ महिना अर्थात फागुन मसान्तसम्मको अवस्थालाई हेर्दा सरकारको बजेट घाटा रु. १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । 

फागुन मसान्तसम्म सरकारले रु. ७ अर्ब ७९ अर्ब २३ करोड बराबरको बजेट खर्च गर्दा राजश्व संकलन भने रु. ६ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ मात्रै छ । राजश्व संकलन र बजेट खर्चको विवरण अनुसार सरकारको आम्दानी भन्दा खर्च बढी देखिन्छ । यो भनेको मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा छैन् भन्ने नै हो । 

अर्कोतर्फ यही बेलामा लघुवित्त र सहकारीले ज्यादती गरेको र बैंकहरुले ऋणमा चर्को ब्याज लिएको भन्दै आन्दोलन चर्किएको छ । मिटर ब्याज पीडितहरु न्याय माग्न राजधानी नै आइपुगेका छन् । आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय नहुँदा उद्योगी व्यापारी निराश छन् । मुलुकको प्रतिकुल अवस्थाले गर्दा युवाहरु विदेशिने क्रम झन बढेर गएको छ । शेयर बजारमा सुधार आउन सकेको छैन् । घरजग्गाको कारोबार ठप्प जस्तै छ । राजश्व लक्ष्यभन्दा निकै कम उठ्दा धेरैतिर असर देखिन थालेको छ । पर्यटन क्षेत्रमा पनि त्यस्तै निराश देखिन्छ । 

अर्थमन्त्री भएर पदबहाली गर्दै गर्दा महतले चोरी निकासी नियन्त्रण गर्न पहल गर्ने र राजश्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताए । उनले भने अनुसार नै फिल्डमा काम भयो भने अर्थतन्त्र सुधारिन सक्दछ । तर अर्थमन्त्रीले भने अनुसार भइहाल्छ भन्ने परिस्थिति अहिले देखिन्न । 

अर्थमन्त्री महतलाई संकटको डिलमा रहेको अर्थतन्त्रलाई कसरी जोगाउने र समस्या नै समस्यामा रहेको अर्थतन्त्रलाई कसरी सहज अवस्थामा फर्काउने भन्ने ठूलै चुनौती छ । 

अर्थमन्त्री भएर पद बहाली गर्दै गर्दा महतमा देखिएको आत्मविश्वासले भने उनले अर्थतन्त्र सुधारका लागि केही गर्न सक्छन् भन्ने आंकलन त गर्न सकिन्छ । तर पूर्णरुपमा विश्वस्त भने हुन सक्ने अवस्था छैन । 

समग्र अर्थतन्त्र र व्यवसायिक क्षेत्रले संकट झेलिरहेका छन् । उद्योगी व्यवसायीहरुमा चरम निरासा छ । उनीहरुलाई आशावादी बनाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउँदै अघि बढ्नु पर्ने अर्को चुनौति पनि महतसामु छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको ९–१० दलको समर्थनमा बनेको सरकारको अर्थमन्त्रीको आयु कति लामो होला ? त्यसको ठ्याक्कै आँकलन गर्न त सकिंदैन । किनकी नेपालको राजनीतिक परिदृश्य कति बेला के हुन्छ ? भन्नै नसकिने खालको छ । 

विगतमा पनि मन्त्री भएर अनुभव हासिल गरिसकेका महतलाई मन्त्रालय चलाउने कुरा नयाँ होइन् । तर उनले अर्थमन्त्रालय सम्हालेको भने पहिलो पटक हो । विगतमा उनकै सहोदर दाजु डा. रामशरण महतले पटकपटक अर्थमन्त्रालय नेतृत्व सम्हालेका थिए । दाजुभाई नै भए पनि उनीहरु पार्टीभित्र फरक फरक खेमाका हुन् । 

प्रकाशशरण लामो समयदेखि पार्टी सभापति शेरबहादुर देउवा निकट रहँदै आएका नेता हुन् । अहिले पनि काँग्रेसमा हालिमुहाली चलाइरहेकी देउवा पत्नी आरजु राणाकै जोडबलमा महतले अर्थमन्त्रालयको जिम्मेवारी पाएका सहजै अनुमान लगाउन सकिन्छ । उनी अर्थतन्त्रका जानकार भएको कुरामा दुईमत छैन । महत बायाँ हाते हुन् । यसकारण पनि अरु दायाँ हाते मन्त्रीभन्दा फरक छन् । 

बायाँ दातेहरु अरु सामान्य व्यक्तिभन्दा अलि फरक हुन्छन् भन्ने मान्यता पनि छ । यदी महतले मुलुकको बिग्रंदो अवस्थामा रहेको अर्थतन्त्रलाई अलि फरक ढंगले अघि बढाए भने पक्कै पनि उनी अरु अर्थमन्त्रीहरु भन्दा फरक साबित हुने छन् । महत अलि लामो समय अर्थमन्त्रीमा रहिरहने अवस्था बन्यो भने उनले प्रस्तुत गर्ने आगामी वर्षको बजेटले पनि उनको क्षमतालाई थप पुष्टी गर्नेछ ।      
 

Advertisement

Advertisement