बाबुको प्रेरणामा दुई अर्बको एभरेस्ट प्यारेन्टल्स हाँक्दै उमंग, दुई वर्षमै २५ प्रतिशत बजार लिन सफल

Advertisement

काठमाडौं ।  महेशकुमार रानासरिया लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय छन् । विगत १६ वर्षयता उत्पादनशील उद्योगमा लगानी विस्तार गरिरहेका उनले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिललगायतमा लगानी गरेका छन् । रानासरियाले विस्तारै आफ्ना छोरा, छोरी र बुहारीलाई पनि व्यवसायमा तानेका छन् ।

व्यवसायी रानासरियाले सुरुमा व्यापार तथा पढाइका लागि छोरा उमंगलाई संयुक्त अरब इमिरेट्स (यूएई) पठाएका थिए । यूएईको दुवई बसाई सन् २०१५ मा सक्काएर उमंग नेपाल फर्किए । नेपाल फर्किनु मात्रै उनको लागि ठूलो कुरा थिएन्, व्यवसायमा कसरी जम्ने ? भन्ने कुरा सोच्न थाले र प्रवेश गरे । 

Advertisement

यसरी अघि बढे उमंग
बुबा महेश रानासरियाबाट व्यापार व्यवसाय सिकिसकेका उमंगले नेपालमा बिरामीलाई प्रयोग गरिने स्लाइनको अभाव रहेको कुरा चाल पाए । एमबीए अध्ययन सकेका उनले आफ्नो दिमागलाई यसतर्फ मोडे । उमंगले भने, ‘बिरामीको लागि आवश्यक पर्ने स्लाइन पानी पनि विदेशबाट आयात गर्नुपर्ने ? आयात पनि सहज नभएर बिरामीले अभाव झेल्नुपर्ने ? यो देशेपछि मैले नेपालमै प्लान्ट राखेर यसको उत्पादन सुरु गरे ।’

रानासरिया परिवारमा व्यापारबाट आम्दानीको कुनै कमी  थिएन् । उनीहरुको वर्षौंदेखि ‘ट्रेडिङ’ व्यापार चलिरहेकै थियो । सँगै थुप्रै उद्योगमा लगानी पनि भइसकेको थियो । तर उमंगले देशलाई पनि फाइदा हुने क्षेत्रमा लगानी गरे र सन् २०१५ मा एभरेष्ट प्यारेन्टल खोल्ने निर्णय गरे ।

नेपालमा उद्योग खोल्न र सञ्चालन गर्न निकै असहज मानिन्छ । त्यसमाथि उनले उद्योग अगाढि बढाएलगत्तै विनाशकारी भूकम्प गयो । भारतको नाकाबन्दी पनि सुरु भयो । कोभिड महामारी हुँदै अहिले आर्थिक मन्दीको सामना गरिरहनु परेको छ । 

सन् २०१९ मै उत्पादन सुरु गर्ने योजनाका साथ उमंगले सुरु गरेको परियोजना एक बर्ष ढिलो हुनपुग्यो । उनको उद्योग छटपिपरा बारामा एक बिघा क्षेत्रफलमा फैलिएको छ । उद्योगमा हालसम्म दुई अर्ब रुपियाँ लगानी भइसकेको छ । उद्योगले मार्केटिङ लाइसेन्स गएको जनवरी १८, २०२१ मा पाएको हो । 

उमंग भन्छन्, ‘हामीले उत्पादन बजारमा ल्याएको नै दुई वर्ष भइसकेको छ । आजको दिन देशको आर्थिक स्थिति नै ठिक छैन् । यसले उद्योगधन्दाहरुलाई पनि स्वाभाविकरुपमा असर गर्ने नै भयो ।’ यद्यपि अहिले कम्पनीले स्लाइनको राम्रै व्यापार गरिरहेको व्यवसायी उमंग रानासरियाले बताए । उनले भने, ‘तर मुख्य समस्या भनेको नियामकको सपोर्ट भएन् । सरकारी काम निकै ढिला हुने ।’

उमंगको उद्योगमा जापानिज ‘टेष्टिङ इकुप्मेन्ट’ प्रयोग गरिएको छ । यस्तै, अमेरिकनलगायत मेसिनहरु पनि प्रयोग गरिएको छ । अहिले कम्पनीसँग ६० प्रकारका मार्केटिङ लाइसेन्स छ । यस्तै आरएनडी (रिसर्च एण्ड डेमलपमेन्ट १२० वटा प्रोडक्टमा भइसकेको छ । कम्पनीले कुल १५० वटा सामग्रीलाई उत्पादन गर्छ ।

घरपरिवारको साथ

उद्योगलाई अघि बढाउन बुबा महेश रानासरियाको मार्गदर्शनमा आफू अघि बढेको र श्रीमती नेहा अग्रवालको साथ र सहयोग रहेको उमंगले बताए । नेहाले पनि एमबीएसम्मको अध्ययन पूरा गरेकी छन् । उमंग र नेता दिनभर उद्योगमा नै व्यस्त हुन्छन्, जसको फल उनीहरुले पाउन थालिसकेका छन् । 

उत्पादनको दुई वर्षमै स्लाइन पानीको बजारको २५ प्रतिशत हिस्सा आफूहरुले ओगट्न सफल भएको व्यवसायी उमंगले बताए । गत आर्थिक वर्ष २०७८–७९ मा २१ करोड रुपियाँको व्यापार गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै २६ करोड रुपियाँको व्यापार गरिसकेको छ । 

‘गत वर्ष ४० करोडको व्यापार गर्ने लक्ष्य लिइएकोमा २१ करोड मात्रै भयो । यो वर्ष ६० करोडको लक्ष्य लिएका छौं । असारसम्म ४५ करोड पुग्छ कि ? भन्ने अनुमान छ । अर्को वर्षका लागि सय करोडको लक्ष्य छ’, उमंगले बताए । 

व्यवसाय गर्न सजिलो छैन

तर उद्योगमा काम गर्न सजिलोमात्रै छैन । तीन महिना भैसक्यो कम्पनीले डब्लुएचओ जिएमपी अडिटर तोकेको अहिलेसम्म कुनै अडिटमा गएको छैन । यसका लागि आवेदन भने कमपनीले ६ महिना अघि नै दिएको हो ।

उद्योगको १७ वटा मार्केटिङ लाइसेन्स पेण्डिङमा रहेको छ । लाइसेन्सको प्रकृया अगाडि नै बढेको छैन । २०६२ सालमा स्लाइन र पारासिटामोलको मूल्य तोकिएको थियो । आज १८ वर्ष भैसकेको छ । तर मूल्य बढ्न सकेको छैन । उमंग भन्छन्, ‘हाम्रो लागि कष्ट अफ अप्रेसन नै नभ्याउने अवस्था रहेको छ । जबसम्म स्लाइनको प्राइज बढ्दैन तबसम्म हामीलाई नाफा हुने अवस्था छैन । यस्तै फ्युचर डेभलपमेन्ट गर्न पनि अप्ठ्यारो जस्तै हुन्छ ।

स्लाइन उत्पादनका लागि अहिले उद्योग शतप्रतिशत क्षमतामा संचालन छ । थप उत्पादनका लागि क्षमता बढाउनका नयाँ मसिन र पूर्वाधार थप गर्नुपर्नेछ ।

फाइनान्सियल क्राइसिसले बैंकको ब्याजदर टु डिजटमा पुग्यो । यसले इकनोमी स्केल निकै नै बर्बाद भएको उमंग बताउँछन् । ‘हामीले व्यावायिक योजना बनाउँदा ७–८ प्रतिशत ब्याजको योजनामा बनाएका थियौं । अहिले १४ प्रतिशत पुगेको छ। यसले हाम्रो खर्च बढेको छ ।’

सरकारी ढिला सुस्ती मात्रै होइन, मार्केटमा सामान गएपछि पैसा नउठ्ने समस्या रहेको छ। हाम्रो पेमेन्ट समयमै आउने गरेको छैन । अस्पतालको आफ्नै दबदबा छ । समयमा पैसा दिंदैन । हाम्रो स्वास्थ्य मार्केट बीमामा आधारित छ । सरकारी बीमाको रकम नआउँदा पनि समस्या बढेको छ । ६० देखी ७० प्रतिशत बीमामा आधारित भैसकेको छ । सामान विदेशबाट आयात गर्नुपर्छ । समयमा कर्मचारीहरुलाई तलब दिनुपर्यो ।

औषधि उद्योग छिटो व्यावसाय गर्न सकिने उद्यम होइन । अरु प्रोडक्टमा विज्ञापन गरेर सजिलै ब्राण्ड बनाउन सकिन्छ । तर यो उद्योगमा निकै कठिन छ । उद्योगको एउटै मार्केटिङ च्यानल भनेको डाक्टरबाटै प्रेस्क्रिप्सन लिने हो । डाक्टरलाई क्वालिटी प्रोडक्टका बारेमा रेगुलर भिजिट गरिराख्ने । एउटा डाक्टरलाई कन्भिन्स गराउन २ वर्षसम्म पनि लाग्ने गरेको उमंग बताउँछन् । उनका अनुसार एउटा अस्पतालमा इन्ट्री गर्न २ वर्षसम्म पनि लाग्न सक्छ ।

एउटा प्रोडक्टलाई स्थापित गराउन २ देखि ५ वर्षसम्म लाग्न सक्छ । अरु समाग्रीको तुलनामा यो समाग्री स्टाबिलिस हुन ८ वर्षसम्म लाग्छ । नयाँ कम्पनीलाई झन् स्थापित हुन निकै संघर्ष गर्नुपर्ने हुन्छ । उमंगले भने, ‘वर्षौदेखि चलिरहेको कम्पनीसँग हामी भिडिरहनु परेको छ । यो सजिलो काम होइन । फेरी औषधि अन्य वस्तु जस्तो होइन यसको असर तुरुन्तै देखिन सुरु भैहाल्छ । स्पष्ट रुपमा भन्नु पर्दा औषधिले कि मानिसलाई मारिदिन्छ कि निको बनाउँछ ।  यसरी कुनै पनि डाक्टरले नयाँ जोखिम लिन चाहँदैन । एकदमै बेसिक कुराबाट सुरु हुदै जान्छ । र पिकमा पुगेपछि मात्रै सफलता पाउन सकिन्छ ।’

कम्पनीले पारासिटामोल इन्जेक्सन भारतीय कम्पनीको भन्दा २ सय ४० रुपियाँ सस्तो बिक्री गरिरहेको छ । कम्पनीले पारासिटामोल ४ सय ८० रुपियाँमा बिक्री गरिरहेको छ भने भारतीय कम्पनीको बिक्रेताले ७ सय २० मा बिक्री गरिरहेको छ ।

नेपाली उद्योगको म्यानुफ्याक्चरिङ कष्ट भन्दा भारतीय उद्योगको कष्ट कमै छ । भारतीय उद्योगले भोलुममै सामाग्री बिक्री गरिरहेको छ । उनीहरुले एमआरपी मूल्य समेत उच्च कायम गरेका छन् । यसको अर्थ नेपाली डाक्टरलाई पनि भारतबाटै लगानी गरिएको हुन्छ । त्यसकारण कम्पनीले कम एमआरपी राख्दा डिसएड्भान्टेज भएको उमंग बताउँछन् । 

साढे तीनसयलाई रोजगारी

उद्योगमा हाल साढे ३ सय भन्दा व्याक्तिले रोजगारी प्राप्त गरेका छन् । २ सय ८० जना फ्याक्ट्रीमा कार्यरत छन् । ४० जना मार्केटिङमा छन्। २५ जना म्यानेजमेन्ट टिममा रहेका छन् । उद्योगमा विद्युतको निकै ठूलो महत्व रहेको छ। यदि ३ मिनेट भन्दा बढी रेगुलर बिजुली गयो भने सबै प्रोडक्टलाई क्यान्सिल गरेर पुनः प्रोसेस गर्नुपर्ने हुन्छ । कम्पनीले कच्चा पदार्थ विदेशबाट नै ल्याउने गरेका छ । दक्ष जनशक्तिको प्रयोग गरेर औषधि उत्पादन गर्ने गरेको छ ।

कम्पनीले ठूला विदेशी कम्पनीमा काम गरेर अनुभव लिएका व्यक्तिहरुलाई रोजगारी दिएको छ । कम्पनीले क्वालिटीमा कुनै पनि हालतमा सम्झौता नगर्ने उमंग बताउँछन् । मानिसको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गुणस्तरीय सामग्रीबाटै व्यावसाय अघि बढाउने उनको भनाई छ ।

‘अहिले प्रोडक्टको रेस्पोन्स राम्रो आइरहेको छ ।  क्वालिटीमा कुनै समस्या छैन । केहि वस्तुमा हाम्रो प्रोडक्ट मार्केट लिडर नै भैसकेको छ । स्लाइनमा हामीले नेपालको मार्केटको २५ प्रतिशत बजार हिस्सा लिइसकेका छौं । पेन किलरमा पनि राम्रो प्रोगेस गरिरहेका छौं । पोइजनिङको केसमा प्रयोग गर्ने औषिधमा पनि हामीले राम्रो बजार विस्तार गरिरहेका छौं ।’

नेपाली उद्योग संरक्षणका लागि औषधिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने उमंगको भनाई छ ।

औषधि अहिले २ देखी ५ प्रतिशत भन्सार महसुलमा छुटिरहेको छ । भ्याट लगाइएको छैन । उद्योगलाई १ प्रतिशतमा कच्चा पदार्थ ल्याउन दिइएको छ । यस्तै केही प्याकिङ मेटेरियलमा धेरै भन्सार तिरेर समेत ल्याउनु परेको छ ।

यदि तयारी औषधि आयातमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन सकियो भने मार्केट फेयर हुने उमंको विस्वास छ । धेरै कम्पनीहरुले बजारमा अनइथिकल प्राक्टिस गरिरहेका छन् । त्यो बन्द हुनुपर्छ । नेपाली उद्योगलाई धेरै कठिन छ । भारतीय औषधिमा जतिपनि एमआरपी मूल्य तोकेर ल्याउन सक्छ । तर नेपाली उद्योगका लागि भने सरकारी मूल्यमै मूल्य तोक्नुपर्छ ।

आज कुनै आयातकर्ताले ५ प्रतिशत भन्सार महसुल तिरेर सजिलै औषधि आयात गरिरहेको छ । उसलाई कुनै रिस्क लिनु परेन । सामान ल्याएर गोदाममा राख्छ । सिधैं मार्केटमा पठाउँछ । तर नेपाली उद्योगका लागि धेरै जोखिम लिनुपर्ने बाध्यता छ ।

‘स्लाइननका लागि सबैभन्दा बेसिक मेटेरियल सोडियम क्लोराइड यसमा तेह्र प्रतिशत महसुल तिरिरहेका छौं । उमंगले भने, ‘हाम्रो लागि सो वस्तु कच्चा पदार्थ नै हो । हामीले प्याक गरेर बिक्री गर्ने होइन । तर भन्सारले मान्दैन ।’

‘कम्पनीको बलियो पक्ष भनेको क्वालिटी कन्ट्रोलको रिपोर्ट हो । अर्को भनेको हाम्रो फ्याक्ट्री हो । फ्याक्ट्रीलाई हामीले २ पार्टमा विभाजन गर्ने गरेका छौं । एउटा हार्डवेयर पार्ट, अर्को सफ्टवेयर्स पार्टस् । हार्डवेयर भनेको हामीले कुन क्वालिटीको पूर्वाधार बनायौं । सफ्टवयर भनेको प्राक्टिस एण्ड डकुमेन्टेसन । यो २ वटा पार्ट शत प्रतिशत मिल्यो भने धेरै राम्रो हुन्छ। प्राक्टिस सहि छ भने कहिले पनि गलत हुँदैन । खराब भएको टेष्टलाई पनि अप्रुभ गराउँदै मार्केटमा लगिएको छ भने यो गलत हो । यसमा हामी दाबीका साथ भन्न सक्छौं । क्यूसीमा सबै सीएफआर कम्लायान्सहरु लगाएका छौं । टेष्ट रिपोर्टलाई म्यानुपुलेट गर्न पाइदैन ।’

‍औषधि व्यावस्था विभागले निकै कम मात्रामा जनशक्ति प्रयोग गरेर काम गरिरहेको छ । ३० वर्षअघि जति म्यानपावर रहेको थियो । त्यति जनिशक्तिबाटै काम चलारहेको छ । त्यतिबेला ४ वटा मात्रै उद्योग रहेको थियो । अहिले १ सय ३० वटा उद्योग भैसकेको छ । डकुमेन्टेसन र कम्पायान्सलाई बढाएर निकै ठूलो बनाइसकेको छ । तर म्यानपावर बढेको छैन । म्यानपावर नबढेको कारण र लोड धेरै भएको कारण मेजर इस्यु देखिने गरेको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने योजना

कम्पनीको दिर्घकालीन योजना भनेको एभरेष्ट प्यारेन्टललाई पब्लिक कम्पनीकै रुपमा अघि बढाउने योजना उमंगले सुनाए । यसको लागि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने योजना छ । भारतमा औषधिको टप कम्पनीहरु पब्लिक कम्पनी नै हुन् । पब्लिक भएपछि कम्पनीको दीर्घकालिन योजना बनाउन सहज हुनेछ । पब्लिकको पैसा लिएपछि जिम्मेवारी धेरै हुन्छ । पर्सनल कन्ट्राडिक्ट हुँदैन । र ग्रोथपनि छिटो हुने उमंको भनाई छ । कम्पनी पब्लिकमा जादाँ फाइदा मात्रै नभएर जोखिमको विश्लेषण पनि उमंले गरेका छन् ।

उनले भने ‘पब्लिकको पैसामा धेरै जोखिम लिन सकिदैन । कुनै प्रोडक्टमा हामीले परीक्षण गरेर यदि सफल भएन भने त्यसलाई डिस्कन्टिन्यू गर्न सक्छौं । तर यो सुविधा पब्लिकको पैसासँग गर्न सकिदैन । त्यसकारण जति इनोभेसन गरिरहेका छौं । त्यति इनोभेसन अहिले नै गरिरहेका छौं । यसबाट कम्पनीलाई स्थायित्वतर्फ लैजाने योजना बनाइरहेको छु ।’

 

Advertisement

Advertisement