एमसीसी परियोजनाहरुमा अवरोध कायम रहेपछि अमेरिकी राजदूतले अर्थमन्त्रीलाई भेटे

Advertisement

काठमाडौं । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा निर्माण अघि बढाउन लागिएका आयोजनामा स्थानीयस्तरमा अवरोध कायम रहेको बेला अमेरिकी राजदूतले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराएका छन् । 

राजदूत डेयन आर थमसनले अमेरिकी लगानीका आयोजनामा सुरक्षा चासो राखेको समाचार स्रोतको भनाई छ । राजनीतिकरुपमा समेत निकै विवादमा परेको एमसीसी परियोजनाको कार्यान्वयन गर्ने क्रममा स्थानीयस्तरमा विवाद बढ्दै जाँदा आयोजना समयमा सम्पन्न नहुने जोखिम बढेपछि राजदूतले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Advertisement

राजदूत थमशनले अमेरिका एमसीसी र यूएसएआईडीमार्फत थप अनुदान दिन इच्छुक रहेको भन्दै तर लगानीको सुरक्षा गरिदिन आग्रह गरेका थिए । मन्त्री महतले भने नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको बताउँदै नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो ? त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको बताए ।

Advertisement

Advertisement