नेपाल र स्वीजरलाण्ड सरकारबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना शुरु गर्ने सम्झौता

Advertisement

काठमाडौं । नेपाल र स्वीजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना शुरु गर्न द्विपक्षीय सम्झौता भएको छ । 

बिहीवार अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र  नेपालका लागि स्वीजरलाण्ड राजदुत डेनियल मेउलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

Advertisement

सम्झौताका क्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले पूर्वी क्षेत्रमा आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए । उनले आयोजना आगामी चार वर्षमा स्वीजरल्याण्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए । 

नेपालले १६ मिलियन बराबरको आयोजनामा नेपालको पनि संयुक्त लगानी हुने बताए । उनले यस आयोजनाले करिव दुई हजार रोजगारी सिर्जना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर पाँच लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताए । 

आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको छ । 

Advertisement

Advertisement