एनसेलको प्रयोजनमा १६औं दरबारमार्ग महोत्सव वैशाख २ मा आयोजना हुने

Advertisement

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार राजधानीको दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना गरिने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले एनसेलको प्रायोजनमा यो कार्यक्रम गर्न लागेको हो । लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको आयोजकहरुको दावी छ । 

Advertisement

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको जनाइएको छ । 
 
काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुने भन्दै आयोजकहरुले काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सव विहान ११ः३० बजे सुरु हुने र बेलुका ८ः३० बजेसम्म चल्नेछ । महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा सांगीतिक समूहको प्रस्तुति रहनेछ । कलाकारहरु दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफना प्रस्तुति रहने एनसेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनहरुको विशेष प्रदर्शन तथा प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको आकर्षण हुन भन्दै आयोजकहरुले महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुने जानकारी दिएका छन् । 

दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्पm नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान गर्न सकिन्छ ? भनेर प्रयास भइरहेको बेला महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने आयोजकहरुको विश्वास छ । 

Advertisement

Advertisement