उमेशलालले दोस्रो चरणको चुनावमा जाने आँट गरेनन्, अन्जन महासंघको वरिष्ठ उपाध्यक्ष चयन

Advertisement

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि हुन लागेको दोस्रो चरणको चुनाव स्थगित भएको छ । प्रतिस्पर्धामा रहेका उमेशलाल श्रेष्ठ चुनावमा जान तयार नभई अन्जन श्रेष्ठलाई समर्थन गरेका छन् । 

वरिष्ठ उपाध्यक्ष चन्द ढकालसहित केही पूर्वअध्यक्ष मिलेर अन्जनको पक्षमा सहमति गरिएको हो । उमेशलाललाई विशिष्ठ सदस्यमा मनोनित गर्ने वा आधा आधा कार्यकाल महासंघ चलाउने गरी दुई पक्षबीच सहमति भएको जनाइएको छ । आधा आधा कार्यकाल महासंघ चलाउने कुरामा भने वैधानिक प्रश्न उठ्ने देखिन्छ । 

Advertisement

पहिलो चरणबाट रामचन्द्र संघई झिनो मतान्तरले पराजित भएपछि बिहीबार दिउसो २ बजेबाट दोस्रो चरणको निर्वाचनको समय तोकिएको थियो । सहमतिको प्रयास गर्दा समय ४ बजेका लागि सारिएको थियो । छलफलपछि उमेशलाल दोस्रो चरणको चुनाव नगर्ने प्रस्तावमा सहमत भएका हुन् । अन्जन भने चुनावमा जान पछि नहट्ने अडानमा थिए । संघई बाहिरिएपछि सो समूहले अन्जनलाई समर्थन गर्ने जनाएको थियो । 

Advertisement