ज्योति विकास बैंकले सम्पन्न गर्यो निःशुल्क स्वास्थ्य शिविर

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविर मार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो । जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।

Advertisement

लप्सेफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष सूर्यबहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरु, कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।

बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


 

Advertisement

Advertisement