ईयूले राखेको कालोसुचीबाट नेपाललाई हटाउन बेलायती राजदूतसँग मन्त्रीको आग्रह

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग नेपालको आकाशलाई कालोसुचीबाट हटाई सिधा उडान गर्न पहल गरेका छन् । 

शुक्रबार भएको भेटका क्रममा किरातीले पोलिटसँग यस्तो आग्रह गरेका हुन् । बेलायत अहिले युरोपियन युनियन (ईयू)बाट अलग भइसकेको छ । ईयूले नेपालको आकाशलाई कालोसुचीमा राखेका कारण बेलायतसँग पनि नेपालको सिधा हवाई उडान हुन सकेको छैन् । 

Advertisement

साथै, मन्त्री किरातीले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न पनि राजदूतसँग आग्रह गरेका छन् । भूपू गोर्खा सैनिकको समस्या दुई देशबीचको सवाल भएको हुनाले स्थायी समाधानका लागि यथाशिघ्र पहल गर्न उनले पोलिटसँग आग्रह गरेका हुन् । 

Advertisement

Advertisement