आइस ल्याण्ड, पोकल्दै, लोबुचे पिक २३ घण्टामा आरोहण गर्न सफल फुर्दिकी

Advertisement

काठमाडौं । सोलुखुम्बुका दुई शेर्पाले २३ घण्टामा तीन वटा पिकको सफल आरोहण गरेका छन् । खुम्बु गाउँपालिका दिङबोचेका फुर्दिकी शेर्पा र पाङबोचेका कुङ्गा ग्याजु शेर्पाले सोलुखुम्बुका तीन वटा पिकहरु २३ घण्टामा आरोहण गर्न सफल भएका हुन् । 

उनीहरुले आइस ल्याण्ड, पोकल्दै, लोबुचे २३ घण्टामा आरोहण गरेका हुन् । दुई जनाले पहिला आइसल्याण्ड, त्यसपछि पोकल्दै पिक र अन्तिममा लोबुचे पिक २३ घण्टाभित्र आरोहण गर्न सकेको दुई मध्येकी एक फुर्दिकी शेर्पाले जानकारी दिइन् । 

Advertisement

उनले आफूहरु आरोहण पथप्रदर्शक कुङ्गा ग्याजु शेर्पासँग तीन वटा पिकहरुको आरोहण गरेको जानकारी दिइ्न । शेर्पाले विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर)को आरोहण गर्न लागेको बताइन् ।

उनले भनिन्, ‘ल्होत्सेको शिखरमा पुग्ने मेरो जीवनभरको सपना हो ।’ फुर्दिकी शेर्पा र निमा डोमा शेर्पाले २०७६ जेठ ११ गते पहिलो पटक शेर्पा पहिरनमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुवै शेर्पाका श्रीमानले सगरमाथा आरोहणका क्रममा हिउँ पहिरोमा परी ज्यान गुमाएका थिए । 

Advertisement

Advertisement