सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा स्याङ्बोचेमा स्काइ डाइभिङ गरिंदै

Advertisement

काठमाडौं । मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुग्नेछ । ७० वर्ष पुगेको अवसरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ गर्ने भएको छ । 

विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पाका अनुसार हामीसँग विश्वप्रसिद्र्ध तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर र स्काई ड्राइभिङ प्रफेशनल तीन जना विदेशीहरु रहेका छन् । 

Advertisement

बेलायतबाट नेपाल आएका उनीहरु केभिन थॉमस म्याकनाली, स्टीफन ह्यान्डली, माइकल फ्रेन्च हुन् । 

‘हामीले बुधबारका पोखरामा मे २९ तारिखका लागि तयारी र अभ्यासको रुपमा स्काई ड्राइभिङ गराएका छौं, शेर्पाले भने । साथै नेपालको झण्डा पनि फरफराएका उनले बताए । 

शेर्पा भने, ‘यसअघि पनि हामीले स्याङ्बोचेमा स्काई ड्राइभिङ सफलतापूर्वक गराइ सकेका छौं । अहिले यो चाँहि दोस्रो चरणको हो । पहिलो चरणमा विश्वप्रसिद्ध बियर ग्रिल्स र उनको छोराले स्याङ्बोचेमा स्काई ड्राइभिङ गरेका थिए । यस वर्ष हामीले सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा यसको आयोजना गरेका हौं ।’ स्काई ड्राइभिङको सम्भावनाको खोजि र पर्यटन प्रवर्द्धन गर्ने हिसाबले हामी यसमा लागि परेका छौं ।’ उनले भने, ‘यही मे २८ र २९ तारिखमा स्याङ्बोचेमा स्काई ड्राइभिङ गर्ने तयारी गरिरहेका छौं । विशेषगरी २९ मेको दिनको लागि हो ।’ 

आगामी दिनहरुमा स्काई ड्राइभिङलाई बढाउँदै लैजाने र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ । स्काई ड्राइभिङलाई नेपालमा हव बनाउने गरी नेपालको झण्डा राखेर स्काई ड्राइभिङको तयारी गरिरहेको बताए । 

 

Advertisement

Advertisement