सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला १५ रुपिायँ बढेर कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७  हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement