स्नातक तहका ९ जना विद्यार्थीद्वारा हिमलुङ हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत बैचलर अफ माउन्टेनियरिङ स्टडीजका दोस्रो ब्याचका ९ जना विद्यार्थीहरूले हिमलुङ हिमाल (७,१२६ मिटर) को सफल आरोहण गरेका छन् । 

शनिबार बिहान ९ः२० देखि १० बजेको बिचमा हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले जानकारी दिए । हिमलुङ हिमालको सफल आरोहणसँगै इतिहास रचेका उनले बताए । नौ विद्यार्थीहरू, तीन प्रशिक्षकहरू (इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसन) र तीन सहयोगी कर्मचारीहरूले हिमलुङ हिमालको सफल आरोहण गरेका राईले बताए ।

Advertisement

नौ विद्यार्थीहरू रोशन राज खत्री, सरोज लामिछाने, नवीन उप्रेती, बिधान भण्डारी, आशिह कडाकर, सौगात अधिकारी, सरोज तामाङ, कुशल रानाभाट, बिकाश बटाला थिए भने तीन प्रशिक्षकहरू लाम्बाबु शेर्पा, लाक्पा राङ्दु शेर्पा, छिरिङ जाङ्बु शेर्पा, फुर्वा गिल्जाङ शेर्पा, आङगेलु शेर्पा, लक्पा तेन्जी शेर्पा रहेका राईले जानकारी दिए । उनका अनसार स्नातक तहमा अध्यनरत विद्यार्थीहरूले स्नातकको पाठ्यक्रमको एक भागको रुपमा ७,००० मिटरभन्दा अग्लो हिमालको सफल आरोहण गरेको यो विश्वमै पहिलो पटक हो । 

Advertisement

Advertisement