जीवन बीमा व्यवसाय रु. चार अर्बको व्यवसाय वृद्धि, सबैभन्दा अगाडि नेपाल लाइफ

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा जीवन बीमा व्यवसाय चार अर्ब रुपियाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक बर्षको पहिलो १० महिनामा चार अर्ब १० करोड रुपियाँले वृद्धि भएको हो । 

गत बर्ष वैशाखसम्म एक खर्ब १० अर्ब रुपियाँ संकलन भएको जीवन बीमा व्यवसाय समीक्षा अवधिमा एक खर्ब १४ अर्ब १० करोड रुपियाँ संकलन भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकबाट देखिन्छ । 

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा बीमा नयाँ व्यवसाय थप्पिन नसकेको बताए । उनले भने, ‘जीवन बीमा व्यवसाय बढेको छ । यस पटक पहिलेको जस्तो नयाँ व्यवसाय भन्दा पनि पूराना व्यवसाय दोहोरिएका छन् । समग्रमा हेर्दा बजारको सुचक सकारात्मक नै देखिन्छ ।’

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । उसले १० महिनामा २९ अर्ब ६५ करोड  रुपियाँ बीमाशुल्क संकलन भएको हो । त्यस्तै, दोस्रोमा एलआईसी नेपालले १४ अर्ब १८ करोड रुपियाँ र  तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ३९ करोड रुपियाँ संकलन गरेको छ । 

कुन कम्पनीको बीमाशुल्क कति ? 


 

Advertisement

Advertisement